स्थानीय निर्वाचनको मिति घोषणा एक हप्ताभित्रैः अर्थमन्त्री महरा

स्थानीय निर्वाचनको मिति घोषणा एक हप्ताभित्रैः अर्थमन्त्री महरा

काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मलेसँग भएको भेटमा अर्थमन्त्री महराले सरकार स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताएका हुन्।

अर्थमन्त्री महराले नेपाल संक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेकाले एक वर्षभित्र तीन तहको निर्वाचन गराउने तयारीमा सरकार रहेको बताए। उनले एक हप्ताभित्र सरकारले चुनावको मिति घोषणा गर्ने बताएको महराका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए।

उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्वन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै वेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए।

भेटमा लण्डनका लर्ड मेयर पार्मलले नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको वताएका थिए। भेटमा उपप्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. पुण्य रेग्मी र नेपालका लागि बेलायतका राजदूत पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.