मोदी भन्छन्, 'गधाले पनि हामीलाई प्रेरणा दिन्छ'
एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजवादी पार्टी तथा मुख्यमन्त्री अखिलेश यादवलाई लक्षित गर्दै गधाले पनि प्रेरणा दिने गरेको बताएका छन्।
उत्तर प्रदेशको बहराइचमा चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'गधा पनि हामीलाई प्रेरणा दिन्छ। उसले सधै मालिकप्रति वफादार हुन्छ र दिएको जिम्मेवारी निभाउँछ।'
उनले समाजवादी पार्टीप्रति कटाक्ष गर्दै भने, 'जोसँग काधमा काध मिलाएर भोट मागिरहेका छौ, त्यही युपी सरकारले सन् २०१३ मा गुजरातमा गधाको छाप लगाएर भोट जितेको थियो।'
गुजरातको सम्बन्ध गान्धी तथा सरदार पटेल जस्ता नेतासँग जोडिएको भन्दै उनले यही भूमिलाई कृष्णले समेत आफ्नो कर्मभूमि बनाएकाले अखिलेशलाई गधाबाट प्रेरणा लिन आग्रह गरे।
उनले अखिलेशलाई मोदी र बीजेपीलाई हमला गरे पनि गधादेखि नडराउन आग्रह गरे। उनले भने, 'मोदी र बिजेपीलाई महला गरे पनि ठिकै हुन्छ। तर गधादेखि किन डराउनुहुन्छ?'
प्रतिक्रिया दिनुहोस !