इजरायली सैनिकको गोली लागि एक प्यालेस्टाइनीको मृत्यु, दुई घाइते

इजरायली सैनिकको गोली लागि एक प्यालेस्टाइनीको मृत्यु, दुई घाइते

जेरुसेलमः रमाल्लाहको वेस्ट बैंक सिटीमा आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ ।

नाम नखुलाइएका एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेपछि इजरायली सैनिकले गरेको जवाफी कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ । यसै घटनामा इजरायली सैनिकको गोली प्रहारबाट दुई प्यालेस्टाइनी घाइते भएको पनि बताइएको छ ।

सन् २०१५ को अक्टोबरबाट इजरायल र प्यालेटाइनबीच सुरु भएको हिंसामा परी हालसम्म दुर्इ सय ५४ प्यालेस्टाइनी, ४० इजारायली, दुई अमेरिकन र एक जोर्डानी र एक सुडानीको मृत्यु भएको एएफपी समाचार ससितिले जानकारी दिएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.