करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

महोत्तरी : बिहानै आमासँग घुम्न निस्किएका दुई बालिका करेन्ट लागेर घाइते भएका छन् । महोत्तरीको मटिहानी गाउँपालिका ३ धिरापुर गाउँका १२ वर्षीया मुस्कान राय र १४ वर्षीया निशा राय घाईते घाइते भएका हुन् । सडकको पुलमा बाँसको भाँटामा अड्काएर ६ फिट उचाइमा राखिएको एघार हजार भोल्टको तारमा करेन्ट लाग्दा उनीहरु घाइते भएका हुन् । घाइते मुस्कान र निशा सहोदर दाजुभाई मदन राय र भुवनेश्वर रायका छोरी हुन् ।

गाउँको सडक निर्माणाधीन अवस्थामा रहेको र त्यसैक्रममा पुलमै एघार हजार भोल्टको तारलाई माथी तिर बासको भाँटामा अड्याएर राखेकोमा पुलमा पुग्दा उनीहरुलाई करेन्टले भेटेको हो ।

घाइते बालिकाहरुलाई उपचारका लागि अंचल अस्पताल जनकपुरमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक चन्देश्वर यादवले बताए । हाल दुवै बालिकाको उपचार धरानमा भइहरेको छ । बालिका मुस्कान रायको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत परिवारले बताएका छन् ।

सडक बनाउने ठेक्केदारको गैरजिम्मेवारीका कारण बालिकालाई पुलमा अड्काएको तारमा करेन्ट लागेको गाउँलेको भनाइ छ । पोल र तार व्यवस्थापनका लागि नेपाल विधुत् प्राधिकरण जलेश्वर वितरण केन्द्रलाई जानकारी नदिएर विद्युत् तार अड्काएको खवर छ ।

‘पुल निर्माण गर्दा ठेकेदार, पुल बनाउन लगाउने गाविस वा सडक विभागले विधुत प्राधिकरणलाई कुनै जानकारी गराएको छैन ।’ विद्युत प्राधिकरण जलेश्वरका प्रमुख सुर्य नारायण मण्डलले भने, ‘कुनै पनि स्थानमा सडक वा पुलको उचाई बढाउदा विधुत् कार्यालयले तत्काल तारहरुको उचाई बढाउछ ।’
यता घाईते बालिकाको परिवारले सरोकारवालाले तत्काल घटनाको जिम्मा लिएर घाईते बालिकाहरुको उपचार र क्षतिपुर्ती समेत व्यहोर्नु पर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.