सेतो मच्छिन्द्रनाथको रथ लगन पुर्याइयो (फोटोफिचर)
काठमाडौं: वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा बिहीबार लगन पुर्याइएको छ। तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै लगन पुर्याइएको छ।
आज रथलाई लगनमा कुमारीले अवलोकन गरेकी छिन्। सांस्कृतिक बाजागाजासहित गुर्जुको पल्टनले सम्मान दिएपछि रथयात्रा सुरु भएको हो। रथयात्रामा विभिन्न उमेर समूहका मानिसको सहभागिता थियो। शुक्रबार सेतो मच्छिन्द्रनाथको रथ यात्रा समाप्त हुन्छ।
तस्बिरहरु: सुलभ श्रेष्ठ
प्रतिक्रिया दिनुहोस !
३