अन्नपूर्ण पोस्ट्ले मनायो १५ औँ वार्षिकोत्सव

अन्नपूर्ण पोस्ट्ले मनायो १५ औँ वार्षिकोत्सव

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्नो १५ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सोमबार अन्नपूर्ण पोस्ट्को कार्यालय कर्पोरेट टावर, तीनकुनेमा विशेष समारोह गरेर १५ औँ वार्षिकोत्सव मनाएको हो।

नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको सभापतित्वमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुनुहुन्थ्यो । वार्षिकोत्सव समारोहमा नेपाल न्युज नेटवर्कका निर्देशक सचन थापा, सिईओ सञ्जयचन्द्र बस्नेत, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक युवराज घिमिरे, संसदका सदस्य समेत रहेका शिक्षाविद् उमेश श्रेष्ठलगायतको उपस्थिति थियो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्नु चुनौती रहेको तर चुनौतीको सामना नभएसम्म सफलता हात नपर्ने बताउनु भयो । उहाँले अध्यारो नेपाललाई उज्यालो बनाउन अन्नपूर्ण पोस्ट्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । ‘हरेक क्षेत्रमा चुनौती हुन्छन्, चुनौतीबाट नै विकासको मुल फुटाउनुपर्छ’, घिसिङले भन्नुभयो, ‘चुनौतीका बीच हामीलाई काम गर्ने वातावरण मिलेको छ, त्यसका लागि तपाईं सबैको साथ आवश्यक छ, हाम्रो प्रयासमा साथ दिने अन्नपूर्ण पत्रिकाप्रति हामी सधै आभारी छौँ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अन्नपूर्ण पोस्ट् १५ वर्ष पुग्दा धेरै आरोह र अवरोह बेहोर्दै आएको बताउनुभयो । ‘अन्नपूर्ण पोस्ट् दैनिकले आफ्नो अस्तित्व र संघर्षको १५ वर्ष पूरा गरेको छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘यो बीचमा यसको स्वामित्वसमेत एकपल्ट परिवर्तन भएको छ, हामी अन्पूर्ण पोस्ट्मा नयाँ जोस, जाँगर र प्रतिबद्धताका साथ प्रवेश गरेको चार वर्ष बितेका छन्, यो अवधिमा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष थापाले अन्नपूर्ण पोस्ट्ले राष्ट्रिय चिन्ता बोकेर देशलाई सही बाटो पहिल्याउने दिशामा पुर्याएको समेत बताउनु भएको छ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक युवराज घिमिरेले समयको परिवर्तन सँगै पत्रकारिताका आयाम परिवर्तन भएकाले अन्नपूर्ण पोस्ट् त्यही गतिमा अघि बढ्ने प्रयास गरिरहेको बताउनुभयो । ‘समयमा आएको परिवर्तन सँगै नेपालको पत्रकारिताका आयाम समेत परिवर्तन भएका छन्’, प्रधान सम्पादक घिमिरेले भन्नुभयो, ‘अन्नपूर्ण पोस्ट्को यो यात्रामा हामी यी सबै विषयलाई मध्यनजर गर्दै अघि बढिरहेका छौँ ।’

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै व्यवस्थापिका संसदका सदस्य समेत रहेका शिक्षाविद् उमेश श्रेष्ठले समग्र पाठकका तर्फबाट सम्बोधन गर्दै अन्नपूर्णले पाठकको मन जित्न सफल भएको बताउनुभयो । ‘अहिलेसम्म अन्नपूर्ण पोस्ट्ले पाठकको मन जित्दै आएको छ,’ सांसद् श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा अन्नपूर्णले आधुनिक नेपालमा आधुनिक सूचना प्रविधिको माध्यमबाट नै अगाडि बढेर निरन्तर पाठकको मन जित्ने विश्वास व्यक्त गरेको छु ।’

उत्कृष्ट कर्मचारी सम्मानित
अन्नपूर्ण पोस्ट्ले वार्षिकोत्सवको अवसरमा विभिन्न विभागमा काम गर्ने १५ कर्मचारीलाई सम्मान गरेको छ । अन्नपूर्ण पोस्ट्ले ‘उत्कृष्ट कार्यदक्षता’ प्रदर्शन गर्ने कर्मचारीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा सम्पादकीय विभागबाट अनलाइन डेस्का दिनेश लुइटेल, जिल्ला संवाददाता स्टिङगर तर्फ सुर्खेत संवाददाता ललित बुढा, मोटिभेसन अवार्डबाट महोत्तरीका संवाददाता राजकरण महतो, मार्केटिङ विभागबाट लक्ष्मी पौडेल, लेखा शाखाबाट सुनिल पौडेल, वितरण विभागका राजनराज खनाल, वितरण सहयोगीतर्फ सञ्जीव श्रेष्ठ, डिस्प्याच तर्फ शैलेन्द्र यादव, छापाखानाबाट सनोज रोका, क्षेत्रीय संयोजक मनोज बस्नेत, कर्पोरेटबाट पदमा राना, एपी वान टेलिभिजनबाट सिनियर प्राविधिक राम थापा, रेडियो अन्नपूर्ण नेपालबाट संवाददाता श्याम सुन्दर पुडासैनी, अन्नपूर्ण टुडेबाट संवाददाता किरण दाहाल र लक्की चार्मको रुपमा टीकाराम श्रेष्ठ सम्मानित हुनुभएको छ।

उत्कृष्ट १० विद्यालय सम्मानित
हरेक आइतबार प्रकाशित अन्नपूर्ण पोस्ट्को परिशिष्टाङ्क अंकुरले सन् २०१६ भित्र आयोजना गरेको अंकुर अन्तरविद्यालय बालप्रतिभा प्रतियोगिताका उत्कृष्ट १० विद्यालयलाई पनि वार्षिकोत्सवमा पुरस्कृत भएका छन् ।

कार्यक्रममा विद्यालय र विद्यालयको पृष्ठ संयोजन गर्ने विद्यार्थीलाई पुरस्कार दिइयो भने प्रतियोगिताको निर्णायक मण्डलमा रहेका बरिष्ठ पत्रकार एवं बालसाहित्यकार अनन्त वाग्ले र प्याब्सनकी उपाध्यक्ष दिपिका रिमाल थापालाई मायाको चिनो प्रदान गरिएको छ ।

अन्तरविद्यालय बाल प्रतिभा प्रतियोगिता यस वर्ष पनि निरन्तर चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.