विश्वभर एलजीको एक करोड ५० लाख रेफ्रिजेनेरेटर बिक्री

विश्वभर एलजीको एक करोड ५० लाख रेफ्रिजेनेरेटर बिक्री

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले इन्भटर लाइनर कम्प्रेसरमा आधारित एक करोड ५० लाख रेफ्रिजेनेरेटर विश्वबजारमा बिक्री भएको जनाएको छ । यो डिभिजनमा प्रयोग गरिएको प्रविधि सबैभन्दा उत्कृष्ट र सफल भएको कम्पनीले जनाएको छ । एलजीको विश्व बजारमा दुई वर्ष अघिभन्दा गत आवमा आठ प्रतिशतले बिक्रीमा वृद्धि भएको थियो । भने यो आवको अन्त्यसम्ममा थप ४० लाख उत्पादन बिक्री गर्ने जनाएको छ ।

यो आधारमा हेर्दा एलजीको एक मिनेटमा सातवटाको हिसाबले विश्वबजारमा रेफ्रिजेनेरेटर बिक्री भइरहेको छ । इन्भटर लाइनर कमप्रेसर एलजीको प्रिमियर रेफ्रिजेनेरेटरको आकर्षण पक्ष हो । र यो प्रविधि नै कम्पनीको सफलताको आधार मानिएको छ । यो कम्प्रसेरले कुलिङ पावरलाई बढाउनेछ । जसले विद्युत् खपतका साथ आवाजलाई समेत नियन्त्रण गर्ने कम्पनीले जनाएको छ ।

१६ वर्ष अघिबाट रेफ्रिजेनेरेटर निर्माण गर्न थालको कम्पनीले निरन्तररूपमा यसमा प्रयोग हुने प्रविधिमा सुधार गर्दै ल्याएको छ । सन् २०१४ बाट सुरु भएको एलजीको पाँचौं पुस्ताको रेफ्रिजेनेरेटरले ५५ प्रतिशत विद्युत्को खपतमा कम गर्नुका साथ १५ प्रतिशत कम आवाज आउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.