वैशाख २५ देखि मुग्लिन–नारायणगढ सडक चाैबिसै घण्टा खुल्ला

वैशाख २५ देखि मुग्लिन–नारायणगढ सडक चाैबिसै घण्टा खुल्ला

रत्ननगर: मुग्लिन–नारायणगढ सडक आयोजनाले वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । अहिले उक्त सडक बिहान १० बजे देखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ ।

अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत काम पूरा भएको छ । निर्णाण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा पुनः म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ ।

आगामी पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् । यहाँ दैनिक १० हजार गाडी आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउनुहुन्छ ।

अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंको सहयोगमा सडक चौडा पार्ने काम सुरु भएको हो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.