बझाङमा पुरुषभन्दा महिला एचआइभी सङ्क्रमित बढी, ९ को मृत्यु
बझाङ: बझाङमा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित भएको एक तथ्यांकले देखाएकाे छ।
बझाङ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे सङ्क्रमण देखिएको छ। एकसयपन्ध्र एचआइभी सङ्क्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताउनुभएको छ। तीमध्ये नौ एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ।
सङ्क्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य बताइएको छ। बालबालिका तथा महिलामा बढी एचआइभी सङ्क्रमण हुनुको प्रमुख कारण रोजगारीका लागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीका कारण महिला तथा बालबालिका समेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा ५८ जनाले मात्र एआरटी सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ। पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ। जिल्लाको सबैभन्दा बढी सङ्क्रमित रायल गाविसमा नौजना सङ्क्रमित रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो। रासस