दिल्ली बलात्कार काण्डका चार दोषीलाई फासीको सजाय

दिल्ली बलात्कार काण्डका चार दोषीलाई फासीको सजाय

नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा बसमै छात्रालाई समूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय सुनाएको छ। शुक्रबार तल्लो अदालतको फैसलाको आधारमा त्यहाँको सर्वोच्च अदालतले दोषी मुकेश, पवन, विनय शर्मा र अक्षयकुमार सिंहलाई फासीको सजाय सुनाएको हो ।

भारतको राजधानी नयाँदिल्लीमा सँगै भएका साथीलाई बसबाट फालेर १६ डिसेम्बर २०१२ मा छात्राको सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न भएको अरोपमा १८ डिसेम्बर २०१२ मा राम सिंह, मुकेश, विनय शर्मा र पवन गुप्ता पक्राउ परेका थिए भने डिसेम्बर २१ मा अक्षय ठाकुर बिहारबाट पक्राउ परेका थिए ।

पीडित छात्राको २९ डिसेम्बर २०१२ मा सिंगापुरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। भारतीय सर्वौच्च अदालतदले शुक्रबार सन् २०१२ मा भएको सामूहिक बलात्कार र हत्या काण्डका चार व्यक्तिलाई मृत्यु दण्डको सजायलाई समर्थन गरेको हो।

सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीस्थित एक २३ वर्षीया छात्रालाई सामूहिक बलात्कार र हत्याको प्रयास भएको थियो । यस घटनापछि अस्पताल भर्ना भएकी ती विद्यार्थीको केही दिनपछि मृत्यु भएको थियो ।

मृत्यु दण्डको सजाय सुनाइएका ती चार अपराधीले मृत्यु दण्डविरुद्ध अदालतमा अपिल गरेका थिए । सोही अपिलको सुनवाईको क्रममा शुक्रबार अदालतले मृत्यु दण्डको समर्थनमा फैसला गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.