बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक : झापाको शिवसताक्षीमा शुक्रबार यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी ११ स्थित दूधेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका ३ का २४ वर्षीय लक्ष्मण दाहालको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.