टीकापुर क्षतिपूर्ति

 टीकापुर क्षतिपूर्ति

क्षतिपूर्ति र सहिद घोषणा विगत १० वर्षको सबभन्दा देखिने राजकीय निर्णय बन्न पुगेका छन्, नेपालमा । राज्यको नागरिकको जीउधन लिनु हुँदैन या राज्यको लापरबाहीका कारण उनीहरूको सम्मान र सुरक्षामा व्यवधान पुग्नु हुँदैन र त्यसो भएमा त्यसको उचित क्षतिपूर्ति पाउनुपर्छ भन्ने सिद्धान्त अक्सर अनुशरण गरिन्छ, विभिन्न मुलुकमा । तर नेपालमा 'अति' नै हुन गरी अत्यन्त उदार, स्वच्छन्द र गैरजवाफदेही तरिकाले यस्ता क्षतिपूर्ति बाँडिने गरेका छन्, ती निर्णय र पात्रबारे समुचित छानबिन नगरी ।

सशस्त्र विद्रोहमा माओवादी पक्षका मारिनेहरू सबैलाई सहिद घोषणा गरिएको छ र तिनका परिवारले सरदर १० लाख प्रति 'सहिद' को हिसाबले क्षतिपूर्ति पाएका छन् । भोलि ती सहिदलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर मानव अधिकार उल्लंघन र हिंसाको लागि दोषी ठहर गरेमा उनीहरूको वास्तविक हैसियत के बन्ला ? अझै निक्र्योल भइसकेका छैन ।

त्यति मात्र हैन, भिडन्तका दुई पक्ष अर्थात् वर्तमान सत्ता प्रगतिशील र प्रजातान्त्रिक सरकार र उसद्वारा मारिनेहरू सहिद र उनका परिवार १० लाख रुपैयाँको हकदार हुने उदार व्यवस्था बिरलै कहीं देखिन्छ । नागरिक मारेबापत राज्य दोषी या जवाफदेही हुनुनपर्ने र हिंसामा उत्रेकाहरूको आपराधिकताबारे अन्तिम टुंगो नलाग्दै राज्यले उनीहरूलाई क्षतिपूर्ति दिने चलन पनि त्यत्तिकै हास्यास्पद बन्न पुगेको छ ।

टीकापुर घटना र त्यसको क्षतिपूर्तिको घोषणाले अहिले सुरक्षा संयन्त्र निराश बन्यो भने त्यो आश्चर्यको विषय हुने छैन । केही मधेसी नेताहरूको उक्साहटपूर्ण अभिव्यक्तिपछि उत्पन्न तनावकै माहोलमा आठजना प्रहरी र एक अबोध शिशुलाई क्रूर हत्याको निशाना बनाइयो गत वर्ष । त्यसको प्रतिक्रियामा केहीको सम्पत्ति नष्ट भयो ।

त्यो घटनामाथि भएको छानबिन प्रतिवेदनका आधारमा आरोपितहरूमाथि कारबाही हुनुपूर्व नै राजनीतिक नाममा पटक-पटक मुद्दा फिर्ता लिन कोसिस यसअघि गृहमन्त्री विमलेन्द्र निधिले गरे पनि प्रहरीकै प्रतिरोधका कारण त्यो कार्यान्वयन हुन सकेन । तर यसैबीच अर्का नेता विजय गच्छदारको दबाबमा संविधानहरूको मुद्दा फिर्ता भइनसके पनि उनीहरूको सम्पत्तिमा पुगेको क्षतिको लागि ठूलो रकम (पाँचजनाका नाममा आठ करोड रुपैयाँजति) सरकारले दिएको छ ।

यसको अर्थ के ? मुद्दा चलेको अवस्थामा सम्पत्ति बेचबिखन रोक्का हुने चलन छ यहाँ । तर दलीय राजनीतिलाई प्रोत्साहित गर्न सरकारले पहिलेको चलनभन्दा पृथक रबैया देखाएको छ । रेशम चौधरीलगायतका व्यक्तिहरूलाई तत्काल दोषी भन्ने अवस्था नरहे पनि छानबिन र मुद्दा विचाराधीन छँदा राजनीतिक भविष्यले उनीहरूप्रति फरक व्यवहार राज्यले देखाउनु आपत्तिजनक र 'लुटतन्त्र' लाई प्रोत्साहित गर्नुसरह हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.