पहिरोमा पुरिएर प्यूठानमा ३ बेपत्ता
प्यूठान : गएराति परेको अविरल वर्षातका कारण पहिरोमा पुरिँदा प्यूठानमा तीन जना बेपत्ता भएका छन् । जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीय तुलसा घर्ती बेपत्ता भएको स्थानीयले बताएका छन् ।
स्थानीय शेर बहादुर घर्तिको घर पुरिएर किशोरी बेपत्ता भएको रजवाराका स्थानीय जोगेन्द्र मल्लले जानकारी दिनुभयोे । पहिरोमा पुरिएका २ जनाको उद्दार गरिएको छ ।
यस्तै, नौवहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई जना बेपत्ता भएका छन् । गएरातिदेखि त्यस क्षेत्रमा संचार असुविधाका कारण विस्तृत विवरण आउन सकेको छैन ।
घटनास्थलतर्फ प्रहरी जाँदै गरेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराउनुभयो । बर्षातले जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएका छन् । रोल्पा प्यूठान सडक अन्तर्गत खहरेमा पहिरो जाँदा सडक रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस !