चरम लापरबाही

चरम लापरबाही

सरकारले केही प्रस्तावित या निर्माणाधीन परियोजनालाई राष्ट्रिय गौरव परियोजना घोषणा गरेको छ । मुलुकको विकासमा सघाउने र ती परियोजनामा जनअपनत्व स्थापित गर्ने उद्देश्य अन्तरनिहित देखिन्छ, त्यो घोषणामा । त्यो कार्य सराहनीय हुँदाहुँदै पनि एकांगी हुन सक्तैन । मुलुकमा धेरै यस्ता संस्था र परियोजना छन्, जसलाई राष्ट्रिय गौरव नभनिए पनि वास्तवमा देशभित्र र बाहिर यी संस्था नेपाली गौरव र सम्मानका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालय एउटा त्यस्तो संस्था हो, यद्यपि दलीय राजनीतिको खेल केन्द्र बनेपछि त्यसको अतीतमा ग्रहण लागेको छ ।

त्रिविअन्तर्गतको पब्लिक युथ क्याम्पसका एमबीएस प्रथम वर्षका विद्यार्थीहरूको 'अकाउन्टिङ' को उत्तरपुस्तिका हराएको छ । त्यो परीक्षामा सामेल १९५ विद्यार्थी आक्रोशित र दुःखी छन् । विद्यार्थीको भविष्यसँग सरोकार राख्ने यति महत्वपूर्ण विषयमा यस्तो लापरबाहीले त्रिविको विश्वसनीयता र जवाफदेहीताबारे कस्तो सन्देश प्रवाह होला ? राष्ट्रिय गौरव कुनै नेता या सरकारले घोषणा गरेको खोलभित्र अटाउने विषय हैन ।

त्यसलाई संस्थाको कुशल व्यवस्थापन, जावफदेहीता, शिक्षाको स्तरीयता र वातावरणले निर्धारण गर्छ । नेपालमा प्रजातन्त्रको आगमन अर्थात् २०४७ को परिवर्तनपछि विस्तारै घुसेको दलीय हस्तक्षेपले त्रिविको विश्वसनीयता र स्तरीयता ध्वस्त पारेको छ भन्दा नेपालमा प्रजातन्त्रका नाममा अभ्यास गरिएको शिक्षा पद्धति राष्ट्र गौरव र संस्थाको नेतृत्वमा रहेकाहरूको चारित्रिक कुशलता धेरै न्यून रहेको पुष्टि हुन्छ ।

६ दशक पूरा गर्दासम्म विदेशमा समेत राम्रो मान्यता हासिल गरेको त्रिविमा इतिहास र संस्कृतिमा विद्यार्थी भर्ना हुन छोडेका छन् । ती विभाग जीवित छन् भने एउटै कारणले छन् । त्यो हो- ती विभागमा केही शिक्षकहरू अभैm जागिरे छन् । तर विद्यार्थी भने नहुनुमा र अन्य विकल्प रोज्नुमा के त्रिवि नेतृत्व जवाफदेही हुनु पर्दैन ?

त्यति मात्र हैन, हालै केही प्रतिष्ठित व्यक्तित्वहरूले पत्रकारितालगायतका विषयमा त्रिवि अन्तर्गत स्थापित 'इनाम' लिनको लागिसमेत योग्य व्यक्तिहरू आउन नचाहनुले त्रिविको हैसियत कतिसम्म झरेको छ, त्यो स्पष्ट पार्छ ।

के त्रिविलगायत नेपालका केही महत्वपूर्ण शिक्षण संस्था, स्वास्थ्य केन्द्र या अस्पतालसँगै राष्ट्रिय अर्थतन्त्र, पर्यटन र 'कनेक्टिभिटी' मा अभूतपूर्व योगदान पुर्‍याएका सडक या राजमार्गहरूलाई 'राष्ट्रिय गौरव' परियोजनाअन्तर्गत सामेल गरी तिनीहरूको विस्तार, संवद्र्धन र संरक्षण गर्नु आवश्यक छैन ? त्रिविको क्रमिक पतनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा नेपालको कुनै एक राजनीतिक दल या संविधानको पतन या असफलताभन्दा धेरै ठूलो नकारात्मक अर्थ राख्छ र त्यसको प्रभाव खतरनाक हुन सक्छ । अन्तर्राष्ट्रिय स्तरकै हाराहारीमा उभिन सामथ्र्य उक्त विश्वविद्यालयलाई चलाउन नेपाली राजनीतिज्ञहरू प्रतिबद्ध छैनन् भने अन्तर्राष्ट्रिय विज्ञहरूलाई त्यसको लागि आमन्त्रित गर्नु उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.