सीमान्तकृत कृषक सेवा सुविधाबाट बञ्चित

सीमान्तकृत कृषक सेवा सुविधाबाट बञ्चित

बर्दिया : जिल्लामा लागु भएको कृषि नीति तथा कार्यक्रम सीमान्तकृत कृषक मैत्री नहुँदा एकीकृत कृषि सेवा प्रवाहमा समस्या देखिएको छ । विभिन्न कृषि उपजको पकेट क्षेत्रको रुपमा रहेको बर्दियामा लागु गरिएका कृषि नीति तथा कार्यक्रम सीमान्तकृत कृषक मैत्री नहुँदा लक्षित वर्गहरुलाई एकीकृत रुपमा कृषि सेवा प्रवाह गर्न समस्या परेको हो ।

बर्दियामा सीमान्तकृत कृषक मैत्री नीति तथा कार्यक्रम अभाव हुँदा सीमान्तकृत समुदायलाई एकै थलोबाट सबैखाले सेवा प्रदान गर्न कठिनाई भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ जिल्ला कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो । उहाँले भन्नुभयो ‘सीमान्तकृतहरुलाई एकीकृत सेवा दिन सके प्रभावकारी हुने भएपनि हालसम्म उक्त सेवा प्रदान गर्न सकेका छैनौ ।’

जिल्लामा सीमान्तकृत कृषकको संख्या अत्याधिक रहेकाले कृषि अनुदानको कार्यक्रमले सबैलाई समेट्न नसकेकोको उहाँको भनाई थियो । कृषकको भन्दा गैर कृषकको स्वामित्वमा जमिन भएकाले सीमान्तकृत कृषकहरुको सही पहिचान हुन नसकेकोको उहाँले स्वीकार्नु भयो । सीमान्तकृत कृषकहरुको कृषि कार्यालयसँग पहुँच नभएको बोध हुने गरेको उहाँको भनाई छ ।

जिल्लामा कृषि प्रसार कार्यक्रम प्रभावकारी हुन नसक्दा आशातित उपलब्धी हुन नसकेको बताइएको छ । गैर कृषि क्षेत्रको क्षेत्र बृद्धि भएसँगै किसान हरुको कृषिप्रतिको आर्कषण घट्न थालेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । अधिकृत रावतले थप्नुभयो ‘सिमान्तकृत कृषकको सवाल उठ्ने गरेतापनि नीति तथा कार्यक्रम सीमान्तकृत कृषक मैत्री नभएसम्म समस्या समाधान हुँदैन ।’

बर्दियामा विभिन्न पकेट क्षेत्रका रुपमा विस्तार गर्न सरकारले कार्यक्रम समेत लागु गरेको छ । माछा, तरकारी, च्याउ, केराखेती, चैते, वर्षे धानखेती, अभियानमुखी मकै तथा भट्मास उत्पादन लगायत खाद्यान्न वीउ उत्पादन कार्यक्रम बर्दियामा संचालन रहेको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियामा व्यवसायिक केरा उत्पादनमा बृद्धि भएपनि बजारभाउ पाउन नसकेको कृषकहरुको गुनासो आएका कारण लक्ष्य हासिल गर्न कठिनाई परेको रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो उत्पादित केराले बजार भाउ पाउन नसकेपछि केरा क्षेत्र विस्तारमा समेत समस्या परेको छ।’ खुला सिमानाका कारण भारतीय बजारबाट अनियन्त्रित केरा नेपालमा सस्तो दरमा भित्रिने भएकाले कृषकहरु मर्कामा परेको रावतको बुझाई छ ।

केराको समस्या समाधानका लागि अयातीत केरालाई क्वारेन्टाईनले टीवीटी अनुसरण गरी आन्तरिक केरा उत्पादनलाई प्रोत्साहन गर्नु उपयुक्त हुने उहाँले जनाउनुभयो । बर्दियामा कृषि श्रमिकहरुको अभावसँगै बाढी, जमीन कटानी, डुवान, असिना, खण्डबृष्टि तथा सुख्खा मौसमले कृषकलाई समस्यामा पारेको अधिकृत रावतले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.