जेन–जी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रा भेटियो, ५ जना पक्राउ

जेन–जी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रा भेटियो, ५ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनीहरूको साथबाट हात्तीको दाह्राका साथै प्रतिबन्धित लागुऔषधसमेत बरामद भएको छ। 

काठमाडौंको मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आरोपीहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी शरत कुमार थापाका अनुसार प्रहरीले सुरुमा तारकेश्वर नगरपालिका–९ मनमैजुबाट २५ वर्षीय राजीव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ र २७ वर्षीय आयुष महर्जनलाई नियन्त्रणमा लिएको थियो। उनीहरूसँगको केरकारका क्रममा राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीका दुईवटा दाह्रा फेला परेको थियो। यसका साथै राजीवको कोठा खानतलासी गर्दा ट्रामडोल नामको लागुऔषधको १५० क्याप्सुलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा हात्तीको दाह्राका अन्य टुक्राहरू टोखा नगरपालिका–२ सपनतीर्थ बस्ने २४ वर्षीय पुरन बोहरासँग रहेको खुलेपछि प्रहरीले उनलाई सपनतीर्थबाट पक्राउ गरेको थियो। पुरन बोहरासँगको सोधपुछका क्रममा उनले ती दाह्राका टुक्राहरू मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेललाई दिएको जानकारी गराएका थिए। सोही आधारमा खोजतलास गर्दा तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित सन्तबहादुरको कोठाबाट झोलाभित्र प्लास्टिकको बोरामा बेरेर राखिएको अवस्थामा थप दुई वटा हात्तीको दाह्राका टुक्राहरू बरामद गरिएको हो।

पक्राउ परेकामध्ये राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। त्यस्तै, पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.