अबैध उत्खननमा प्रयोग गरिएका दुई ट्याक्टर धनीलाई जरिवाना
रौतहट : रौतहट प्रहरीले अवैध ढुङ्गा उल्खनन् कार्यमा संलग्न रहेको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना गराएको छ । फतुवा विजयपुर र गुजरा नगरपालिकाको लालबकैया नदीमा गैरकानुनी रुपमा ढुङ्गा लोड गरेको म. प्र. ०३–००१ त ७२३७ र ना ३ प ६८०५ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर पालिकामा बुझाएर जरिवाना गराइएको प्रहरीले जनाएको छ ।
प्रशासनीय दन्ड र जफत अन्तर्गत प्रति ट्याक्टर १० हजारका दरले २० हजार रुपैयाँ जरिवाना गराइएको छ । दुवै ट्याक्टर धनीले जरिवाना तिरेर आइन्दा अबैध उत्खनन्मा सहभागी नहुने शर्तमा जरिवाना तिरेर ट्याक्टर बुझेको फतुवा बिजयपुर नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !