महोत्तरीका खानेपानी प्रमुख झा सम्मानित
काठमाडौं : जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका डिभिडन ईन्जिनियर (डिई) देवेन्द्रकुमार झालाई नवराज विष्ट अवार्डबाट सम्मानित गरिएको छ। नेपाल प्रज्ञा प्रष्ठिानको सभा हलमा नेपाल इन्जिनियर्स एशोसिएसनको ५५ औं ईन्जिनियर दिवस २०७४ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाँदा ओढाएर पदकसहित विष्टलाई सम्मान गर्नु भएको हो।
नेपालको दुर्गम ग्रामीण क्षेत्रमा समारात्मक काम गरेर सेवा गरे वापत उहाँलाई सो अवार्डबाट सम्मानित गरिएको हो। नेपालको दैलेख जिल्लाबाट २०६३ सालमा सरकारी सेवामा प्रवेश गर्नु भएका झाले त्यहाँ द्वन्द्वकालमा फेल्वर भएको २० करोडको खानेपानी आयोजनालाई सफल पारे हजारौं जनतालाई खानेपानी खुवाएर जस बटुलेका थिए। खानेपानी विभागबाट उहाँ दैलेख जिल्लामा खटिनुभएको थियो। साथै २०६३ सालमा दैलेख जिल्लाकै तत्कालीन लाकुरी गाविसबाट खुल्ला दिसा मुक्त अभियान सञ्चान गर्नु भएको थियो।
दैलेखबाट सरुवा भएर फेरि विकट जिल्ला खोटाङको खानेपानी तथा सरसफाई कार्यालयको जिम्मेवारीमा ५ बर्ष काम गर्नुभयो। त्यहाँ खानेपानी कार्यालयको अगुवाई र जिल्लाका खानेपानी संस्था, तत्कालीन सिडियो गोविन्द सापकोटा, रेडक्रस, पत्रकारको सहयोगमा कम लागतमा खोटाङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेर झा महोत्तरीमा अहिले कार्यरत छन्।
महोत्तरीमा पनि झाको राम्रो मूल्यांकन छ। महोत्तरीको सुख्खाग्रस्त क्षेत्रमा नयाँ खानेपानी आयोजनाको काम गराउँदै छन्। दुई बर्ष अघि जिल्लामा उहाँ आउँदा महोत्तरीको सरसफाई कभरेज २८ प्रतिशत थियो, अहिले महोत्तरीको कभरेज ७५ प्रतिशतमा पुगेको छ।