‘कार्टुन्ज क्रुज’को भिडियो २४ घन्टामै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा
काठमाडौं : ‘जताजता पिरतीको बाटो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घन्टामै युट्युबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। चर्चित समूह ‘कार्टुन्ज क्रुज’ले फिचरिङ गरेर तयार पारेको भिडियो २४ घन्टामै चार लाख बढीले हेरिसकेका छन्।
‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेलका रुपमा आएको गीतमा सरोज ओलीको श्वर सुन्न सकिन्छ। गीतलाई शुभ भिडिया होमले प्रस्तुत गरेको हो।
गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ। उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन्।
पोखराका रमणीय स्थानमा छायांकन भएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ। भिडियोमा कार्टुन क्रुजका मेम्बरको कमेडी पाटोलाई रोचक ढंगले देखाइएको छ।