राजेन्द्र र राजनको तीज गीत 

राजेन्द्र र राजनको तीज गीत 

काठमाडौं : आधुनिक गीतका प्रभावशाली रचनाकार राजेन्द्र थापाले तीज गीत पनि रचना गरेका छन् । थापाको शब्दमा अहिले चल्तीमा रहेका संगीतकार राजनराज शिवाकोटीले संगीत भनेका छन् भने सरिता शाहीले स्वर दिएकी छन् । श्रोतादर्शकमाझ आएको यो गीतको भिडियोमा आशिष्मा नकर्मी र लोमश शर्माले मोडलिङ गरेका छन् ।
गर्ने भए यो ज्यानको तेल मालिस
ल्याउने भए फिरेन्च नेल पालिस
जानु जानु जानु गएर ल्याउनु
शिवजीको विशेष सिफारिस ।
नेपाली आधुनिक संगीतमा राजेन्द्र थापाका गीतले राम्रो स्पेस ओगटेको छ । ‘यसपालि त मनै फाट्यो', ‘पर लैजाऊ पूmलहरू', ‘क्या दामी भो', ‘दर्शन नमस्ते', ‘ठुँग दे', ‘गाला रातै'जस्ता नयाँपुराना गीतले श्रोतादर्शकको मन जितेको छ । लगभग पाँच दशकदेखि गीत रचनामा क्रियाशील थापासँग ‘सुर्के थैली खै', ‘पूर्वपश्चिम रेल', ‘कुटुमा कुटु'जस्ता सुपरहिट गीतका संगीतकार शिवाकोटीको सहकार्यमा तीज गीत तयार भएको हो । तीज गीतमात्रै होइन; गीतकार थापा र संगीतकार शिवाकोटीले ‘चंगा', ‘हुर्रे'जस्ता चलचित्रमा पनि सहकार्य गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.