भेनेजुएलामा विवादबीच संविधान पुनर्लेखनको तयारी

भेनेजुएलामा विवादबीच संविधान पुनर्लेखनको तयारी

काराकस : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संविधान पुनर्लेखनका लागि आवश्यक एक निकाय स्थापनाको तयारी गरेका छन् ।यहाँ हालै सम्पन्न संविधानसभा निर्वाचनको वैद्यतामाथि नै प्रश्न उठेका बेला राष्ट्रपतिले संविधान पुनर्लेखनको तयारी थालेका हुन् । उनको यस योजनाको अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भएको छ । यस निर्वाचनमा हिंसा भएर २८ जनाको ज्यानै गएको थियो ।

भेनेजुएलामा गत आइतबार सम्पन्न विवादास्पद सविधानसभाको निर्वाचनपछि मादुरोको यो निर्णय आएको हो । उक्त निर्वाचन विपक्षीले बहिष्कार गरेका थिए ।

अन्तरर्राष्ट्रिय रूपमा भएको यस आलोचनामा कसैले ‘कु' को संज्ञा दिएका छन् भने कतिपय देशले गैरकानुनी निर्वाचन भनेका छन् । यस निर्वाचनपछि भेनेजुएलामा राजनीतिक र आर्थिक संकट गहिरिएको छ । यस निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षीले विश्व समुदायलाई उक्त निर्वाचनलाई मान्यता नदिन आग्रह गरेका छन् ।

यसैबीच विपक्षीले नयाँ संविधान लेखनका लागि भएको भनिएको सरकारी तयारीको विरोधमा प्रदर्शनको तयारी गरिरहेको छ । यद्यपि राष्ट्रपतिले भने शुक्रबारसम्म संविधान लेखनका लागि गठन गरिने नयाँ निकायलाई शपथ ग्रहण नै गराउने अडानका साथ तयारी थालेको बताइएको छ । उता विपक्षीहरूले भने सरकारको यस तयारीलाई अवरुद्ध पार्ने गरी आन्दोलन गर्ने जनाएका छन् ।

करिब २८ व्यक्तिको ज्यान गएको यस तनाव अन्त्य गर्ने गरी भन्दै सरकारद्वारा एकलौटी रूपमा गठन गर्न लागिएको यस संविधान लेखनसम्बन्धी निकायलाई सबै विपक्षीले अस्वीकार गरेका छन् । संविधानसभाबाट निर्वाचित नयाँ सदस्य संख्या ५४५ रहेको छ । उक्त निर्वाचनमा विपक्षी दलका तर्फबाट एकजना पनि उम्मेदवार विजयी भएका छैनन् । यस निर्वाचनमा राष्ट्रपति मादुरोकी श्रीमती र छोरासमेत संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका छन् । अमेरिकाले मादुरो सत्तामा रहिरहन चाहेको आरोप लगाएको छ । ब्राजिलले यस निर्वाचनलाई सत्ता पलटको संज्ञा दिएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले यस निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै आएका छन् । यस निर्वाचनलाई देशभित्र र बाहिरबाट पनि स्वीकार गरिएको छैन । भेनेजुएलाका प्रमुख निर्वाचन अधिकारीले नै यस निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको बताएका छन् । त्यसै कारण पचास प्रतिशत पनि मत नखसेको निर्वाचनलाई मान्यता दिन नहुने विदेशी समुदायको माग छ ।

भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयुडी)ले वर्तमान राष्ट्रपति निकोलस मादुरोले अब भेनेजुएलाको राजनीतिक संकट समाधान गर्न नसक्ने बताएका छन् । आर्थिक संकटसमेत चुलिएको भन्दै विगत चार महिनादेखि विपक्षीहरूले आन्दोलन जारी राखेका छन् । आन्दोलनका क्रममा १२० नागरिकको ज्यान गएको छ । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.