भेनेजुयलाका विपक्षी नेता जेलमुक्त, नजरबन्दमा राखिने
काराकास: भेनेजुयलाको विपक्षी दलका नेता एन्टोनिओ लेडेज्मालाई कारागारबाट शुक्रबार घरमा फिर्ता गरिएको छ। उनलाई तीन दिन सम्म कारागार राखेपछि घरमै नजरबन्दमा राख्नेगरी फिर्ता गरिएको उनकी श्रीमतीले बताइन।
लेडेज्मा राजधानी काराकासका मेयर हुन्। उनलाई गत मङ्गलबार गिरफ्तार गरिएको थियो। लेडेज्मासँगै विपक्षी दलका अर्का नेता लेओपोल्डो लोपेजलाई पनि पक्राउ गरिएको थियो। सरकारी सुरक्षाकर्मीहरूले विरोध प्रदर्शनमा सहभागी अन्य नागरिकलाई पनि पक्राउ गरेका छन्। तर विपक्षीहरूले आन्दोलन गर्न छोडेका छैनन्।
विपक्षीले राजधानी कराकासमा नयाँ संविधान लेखनको लागि भएको सरकारी तयारीको विरोधमा भीषण विरोध प्रदर्शनको तयारी गरेका छन्। संविधानको पुर्नलेखनका लागि भन्दै राष्ट्रपति निकोलास मुदुरोले गराएको संविधान सभाको निर्वाचनको विरोध गरेकाले उहाँहरूलाई गिफ्तार गरिएको बताएका छन्।
संविधानसभा निर्वाचनको वैद्यतामाथि नै विपक्षी र अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएका बेला राष्ट्रपतिले संविधान पुनर्लेखनको शक्तिशाली निकाय पनि गठन गर्नु लाग्नु भएको छ। रासस/एएफपी