दोक्लाम विवादबारे दलाई लामा बोले: चीन र भारत भाई-भाई
एजेन्सी: दोक्लाम विवादबारे तिब्बती धार्मिक गुरु दलाई लामाले चीन र भारत भाई-भाई भएको अभिव्यक्ति दिएका छन्। बुधबार लामाले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'दोक्लाम विवादमा कुनै सिरियस मुद्दा नै छैन।तर दुवै देश एक आपसमा मिलेर बस्नुपर्छ। किनकी उनीहरु एक अर्काका भाई-भाई हुन्।'
उनले दोक्लाम विवाद दुवै देशले मिलेर समाधान खोज्नुपर्ने बताएका छन्। उनले चीन र भारत आपसमा भीडेमा अरुले फाइदा लिन सक्ने बताएका छन्। उनले भनेका छन्, 'दोक्लाम विवादलाई प्रोपोगान्डा नबनाऔ। चीनको इच्छा अनुसार कम्युनिष्ट पार्टी अफ चाइनाले लोकतन्त्रको अनुसरण समेत गर्न सक्छ। किनकी तिब्बत लोकतन्त्रको आडमा बाँचिरहेको समुदाय हो।'
उनले लोकतन्त्र भएको देशले धेरै अवसर र शिक्षित नागरिक पाउने बताउँदै लोकतन्त्रको आभास समेत नहुने देशमा आफू कहिल्यै पनि नजाने बताए।
दलाई लामा सन् १९५९ को विद्रोहको क्रममा तिब्बतबाट निकालिएपछि भारतमा निर्वासन जीवन बिताइरहेका छन्। चीनले दलाइ लामालाई आफ्नो शत्रु मान्दै आएको छ।