बाढीपीडितलाई राहत बोकेर धुर्मुस-सुन्तली फाउन्डेसनको टोली महोत्तरीमा

बाढीपीडितलाई राहत बोकेर धुर्मुस-सुन्तली फाउन्डेसनको टोली महोत्तरीमा

बर्दिवास : हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ राहत सामाग्री बोकेर महोत्तरीको बर्दिवास पुगेका छन्। धुर्मुस-सुन्तली फाउन्डेसनको टोली लिएर धुर्मुस आइतबार साँझ महोत्तरी पुगेका हुन्।

फाउन्डेसनले महोत्तरीको भंगाह गाउँपालिका ४ रामनगरको मुसहर बस्तीमा राहत वितरण गर्दैछ। रामनगरमा बाढीले चार घर भत्किएका छन् भने २६ घर डुबानमा परेका छन्।

बाढीले गाउँ नै डुबाएपछि त्यहाँका करिब डेढसय सर्वसाधारण दुई दिनदेखि भोकभोकै छन्। बाढी पीडितका लागि किन मुसहर बस्ती नै रोज्नुभयो भन्ने अन्नपूर्णको जिज्ञासामा धुर्मुसले भने, ‘हाम्रो सानो सहयोगले पनि उहाँहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छौँ भनेर उद्धारका लागि हिँडेका हौँ।’

फाउन्डेशनको टोली स्वास्थ्यकर्मी र राहत सामाग्रीसहित रामनगरतर्फ हिँडेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.