कान्छी बनेर श्वेताको कमब्याक

कान्छी बनेर श्वेताको कमब्याक

काठमाडौं: चलचित्र क्षेत्रका कतिपयले भन्ने गर्छन्, श्वेता खड्कालाई जस्तो चोट अरूलाई नपरोस्। हुन पनि कलिलै उमेरमा उनले जस्तो चोट सहिन्, त्यसको पीडा सम्झिँदामात्रै पनि धेरैको आँखा रसाउँछ। लोकप्रिय अभिनेता एवं निर्माता श्रीकृष्ण श्रेष्ठसँगको लामो आत्मीय प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेको केही महिना नबित्दै सिन्दूर पुछिएपछि श्वेताको जीवन कहालीलाग्दो बनेको थियो।

तर, धमिलो खोला पनि निरन्तर बग्दा सङ्लिएझैं लामो समयपछि उनको मनको घाउमा खाटा बसेको छ। उनी सामान्य जीवनमा फर्के पनि चलचित्रमा फर्किन्छिन् कि फर्किन्नन् भन्ने कौतूहल अब सकिएको छ। आफ्नै लगानी रहेको चलचित्र ‘कान्छी'बाट उनले चलचित्रमा कमब्याक गरेकी छन्।

केही महिनाअघि सामान्य जानकारी दिइएको चलचित्र ‘कान्छी'को सोमबार राजधानीमा औपचारिक रूपमा घोषणा गरिएको छ। आकाश अधिकारीको निर्देशन रहने यो चलचित्र भदौ २ देखि छायांकन सुरु हुँदैछ। ‘चलचित्र कान्छी एउटा गाउँको कथा हो', चलचित्र घोषणा कार्यक्रममा निर्देशक अधिकारीले भने, ‘गाउँका अधिकांश युवा विदेश जाने गरेका छन्, जसले गर्दा मलामी उठाउने मानिस पनि छैनन्। चलचित्रले विदेश किन जाने भन्ने प्रश्न उठाउनेछ।'

चलचित्र कान्छीको छायांकन मुस्ताङमा हुनेछ। ‘मैले चलचित्र निर्माण सुरु गरेकी छु। सबैको साथ र सहयोग पाउने विश्वास लिएकी छु', अभिनेत्री श्वेताले भनिन्। चलचित्रमा श्वेताका साथै दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ लगायतको अभिनय रहनेछ। श्वेता शीर्ष भूमिका अर्थात् कान्छीका रूपमा देखिनेछिन्।

यम थापाको पटकथा तथा संवाद समेटिएको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ। चलचित्र आगामी माघ २६ गते रिलिज गर्ने योजना रहेको निर्देशक अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.