टोस्टमास्टर्सद्वारा तालिम

 टोस्टमास्टर्सद्वारा तालिम

काठमाडौं: टोस्टमास्टर्स क्लब इन नेपालले आफ्ना अफिसरलाई तालिम प्रदान गरेको छ।

उक्त तालिममा नेपालका आठ टोस्टमास्टर्स क्लबको सहभागिता थियो। तालिम नेपाल उद्योग वाणिज्य महासंघको भवनमा शनिबार भएको थियो। पहिलो डिस्ट्रिक्ट तालिम कार्यक्रमको अध्यक्षता डिस्ट्रिक्ट डाइरेक्टर डीटीएम पल्लव बर्माले गरेका थिए। टोस्टमास्टर्स क्लब नेपालमा अहिले करिब तीन सय ५० सदस्य छन्। उनीहरूले नियमितरूपमा सार्वजनिक वक्तव्यको अभ्यास गर्दै आएका छन्।

टोस्टमास्टर्स क्लब इनमा विश्वभर एक सय ४२ मुलुकका १५ हजार नौ सय टोस्टमास्टर्स सदस्य छन्। टोस्टमास्टर्स इन्टरनेसनल सञ्चार तथा नेतृत्व विकासमा संलग्न विश्वकै अग्रणी संस्था हो। यस संगठनसँग नेपालजस्तै तीन लाख ४५ हजारभन्दा बढी सदस्य छन्। क्लबको एकमात्र एजेन्डा आफ्ना सदस्यमा नेतृत्व क्षमता, सीप र वक्तृत्वकलाको विकास गर्नु रहेको क्लबले जनाएको छ।

तालिमको पहिलो कार्यक्रम शनिबार र दोस्रो तालिम आइतबार यल माया केन्द्रमा आयोजना भएको थियो। डिस्ट्रिक्ट डाइरेक्टर बर्माले यस अवसरमा टोस्टमाटर्स क्लब इन नेपालका सबै अफिसरलाई प्रशिक्षण दिएका थिए।

उनलाई सिनियर टोस्टमास्टर्स, टीएम सुमन शाक्य र टीएम रञ्जित आचार्यले सहयोग गरेका थिए। पुराना तथा नयाँ सदस्यलाई सहजता प्रदान गर्दै सदस्यको कर्तव्य, क्लबको कार्य सञ्चालन र अन्य आधारभूत प्रशिक्षणबारे जानकारी दिनु तालिमको उद्देश्य रहेको क्लबले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.