वाईवाईका अन्तिम ६ प्रतिस्पर्धी घोषणा
काठमाडौं : वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा गरिएको छ। मंगलबार उक्त प्रतिस्पर्धाको अन्तिम ६ प्रतिस्पर्धी चुनिएको हो। उक्त कार्यक्रमको पहिलो चरणमा तीन सय २१ आवेदन आएका थिए।
आवेदनमध्ये अन्तिम ६ छनोट गरिएको हो। आवेदकले समाजसेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ रोबोटिक्स, उद्यमीमा संलग्न भई आफ्नो समुदायको विकासमा पुर्याएको सहयोगलाई देखाएर सहभागिता जनाएका थिए।
अन्तिम ६ प्रतिस्पर्धीमा समाजसेवी अल्बिना पर्बिन, एप डेभलपर आयुष पाण्डे, उद्यमी पृथु सिंह ठकुरी, बालअधिकारकर्मी राजाराम बस्नेत, समाज विकसमा संलग्न सचिन डाँगी र आविष्कार तन्मय चौधरी छन्।
यसमार्फत सहभागीले आफ्नो प्रतिभाको विकासमा ठूलो महत्व राख्ने आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले अन्य युवालाई पनि प्रेरित गर्ने आयोजकको विश्वास छ।