माइतीघर उत्कृष्ट तीज गीत
काठमाडौं : छायाछवि चौथो म्युजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बीसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले यूकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् ।
त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदी तीरैमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तीज गीत मिक्सिङको अवार्ड चुम्न सफल भए । माइतीघरबाटै विनोद बाजुराली एरेन्जर, विक्रम चौहान उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए भने आशिष म्युजिक उत्कृष्ट म्युजिक कम्पनी घोषित भयो ।
कार्यक्रममा गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाछवि तीज संगीत स्रष्टा सम्मान २०७४ प्रदान गरियो । शाहलाई ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । त्यस्तै पत्रकार गीता अधिकारीलाई पाँच हजार पाँच सय ५५ रुपैयाँसहित छायाछवि रङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो ।
कार्यक्रममा नारायण ढकाल र नारायण रिजालको समूहले नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने गायिका टीका पुन, टीका प्रसाईं र राधिका हमालले गायन प्रस्तुत गरेका थिए । सञ्चारकर्मी दीपज्योति थापाले सञ्चालन गरेको कार्यक्रममा अवार्डका अध्यक्ष शान्तिप्रियले तीजलाई हिन्दु महिलाको महत्वपूर्ण चाड बनाउँदै मौलिकतासहितको तीजको संस्कार निर्माण गर्नुपर्ने बताए ।
अवार्ड विजेता
तीज दोहोरी गीत मिक्सिङः श्यामश्वेत रसाइली
तीज दोहोरी गीत एरेन्जरः कमल सौराग
तीज दोहोरी नवगायकः हरि गिरी विमर्शी
तीज दोहोरी नवगायिकाः स्मृति तिमिल्सिना
तीज दोहोरी गीत शब्दः कस्तुप पन्त
तीज दोहोरी गीत लयः राजेन्द्र कँडेल
तीज दोहोरी गायकः रवि थापामगर
तीज दोहोरी गायिकाः सुनिता गुरुङ
तीज दोहोरी गीत कम्पनीः हमाल म्युजिक प्रालि
तीज दोहोरी गीतः मञ्जु पौडेल
तीज गीत भिडियो मोडल पुरुषः सन्दीप न्यौपाने
तीज गीत भिडियो मोडल महिलाः दीपाशा बीसी
तीज गीत भिडियो सम्पादनः विष्णु शर्मा
तीज गीत भिडियो छायाकारः करण चैंसिर
तीज गीत भिडियो नृत्य निर्देशकः विक्रम चौहान
तीज गीत भिडियो निर्देशकः प्रकाश भट्ट
तीज युगल गीतः लक्ष्मी न्यौपाने र शारदा बस्याल
तीज गीत मिक्सिङः सञ्जय श्रीपाल
तीज गीत एरेन्जरः विनोद बाजुराली
तीज गीत नवगायिकाः धनमाया राना
तीज गीत शब्दः हरि विष्ट
तीज गीत लयः हरि विष्ट
तीज गीत गायिकाः टीका पुन
तीज गीत कम्पनीः आशिष म्यूजिक प्रा.लि.
तीज मौलिक तीज गीतः पूर्णकला बीसी
जुरी अवाडः कोमल वली र प्रज्ञा शरद
इन्करेजमेन्ट अवाडः मधु क्षेत्री
इन्करेजमेनट अवार्डः एलिना खनाल
पपुलर अवार्डः रञ्जिता गुरुङ
पब्लिक च्वाइस अवार्डः स्वरूपा रसाइली