तीज मनाउने करिश्माको फरक शैली

तीज मनाउने करिश्माको फरक शैली

अभिनेत्री करिश्मा मानन्धरलाई डेढ महिना अघिदेखि तीजको निम्तो आउन थालेको थियो। उनी कुनै पनि निम्ता मान्न गइनन्। महिलाको स्वतन्त्रताको चाड भनिने तीज अहिले फेसन बनेको उनको ठम्याइ छ।

अहिले पहिलाजस्तो महिलाले आफ्नो भावना तीजको मौका पर्खेर पोख्नुपर्दैन। महिला शिक्षित भइसकेका छन्। आफ्नो विचार खुलेर राख्न सक्छन् । यस हिसाबले तीजको महत्व कम हुनुपर्ने हो। यो झन बृहत् भइरहेको छ। ‘तीज हाम्रो संस्कृति हो। मनाउनुपर्छ', करिस्माको मान्यता छ। तर तीज मनाउने शैली फेरिँदै गए पनि करिश्माको भने पुरानै छ।

हुन त उनको विवाह नेवारसँग भयो। पछिल्लो समयमा केही नेवारले मनाए पनि यो समुदायमा तीज मनाउने चलन छैन। माइती क्षेत्री, घर नेवार। उनी दुवै संस्कृति आधाआधा मनाउँछिन्। दरमा मासु, चिल्लोचाप्लो खाने चलन बढेको छ। त्यसैले अरूकहाँ दर खान जाँदिनन्। दर खाने दिनमा माइत जान्छिन्। शाकाहारी ममीले बनाएको खानेकुरामा दिदीबहिनी रमाउँछन्।

दरको रूपमा बेलुका हेभी खाना खाँदा भोलिपल्ट झन् डिहाइड्र्सन हुने भएकाले करिश्मा सुप खाने योजनामा छिन्। आफ्नो साविकको जस्तै खानालाई दर मानेर खाने गरेकी छन्। भन्छिन्, ‘पहिले दिज्यूहरू हुँदा नाच्ने गाउने पनि हुन्थ्यो, अहिले त्यति धेरै हुँदैन।' तीजको दिनमा चोखो खाना खाएर व्रत बस्छिन्, पूजा गर्छिन्। यति बेला उनले मासु खान कम गरेकी छन्। त्यसैले शाकाहारी भोजन गरेर उनी ब्रत बस्ने योजनामा छिन्।

घरका सहयोगीहरूले तीज मनाउँछन्। गाउँका दिदीबहिनी उनकै घरमा आएर नाचगान गर्ने भनेका छन्। ‘दिदीबहिनीले कर गरिहाले भने अलिअलि नाच्छिन् पनि', उनले भनिन्। यसपालि तेस्रोलिंगीको तीज कार्यक्रममा जाने योजना छ उनको। नेवार भए पनि उनकी सासूचाहिँ व्रत बस्छिन्। पञ्चमीको दिनमा हरेक वर्ष पूजा गर्छिन्।

नेवारी संस्कृतिमा बेलविवाह गरिने भएकाले तीज मनाउने, पञ्चमी पूजा गर्ने चलन हुँदैन। तर, ब्राह्मण क्षेत्रीले पञ्चमीलाई महत्वपूर्ण मान्छन्। छोरी कविताले बेलविवाह गरेकाले पञ्चमी पूजा गर्दिनन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.