नेपाल आइडलका चारै प्रतिस्पर्धी सुरक्षित (फोटोफिचर)

नेपाल आइडलका चारै प्रतिस्पर्धी सुरक्षित (फोटोफिचर)

काठमाडौं : विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट प्रताप दास, सागर आलेमगर, निशान भट्टराई र बुद्ध लामा ‘टप फोर’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् ।

 

गाला राउण्डको टप फोरको रिजल्टको पतिक्षाले सबैको मुटु धड्किइरहेका बेला शुक्रबार इलिमिनेसन डे भए पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । बिहीबारको शो हेरेर विश्वभरका दर्शकले ३७ लाख बढी भोट गरेका थिए । जजले पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेका हुन्। यो हप्ता आएको भोट अर्को हप्ता आएको भोटमा जोडिएपछि मात्र चार जनाबाट एकजना बाहिरिने आयोजकले बताएका छन्।

 तस्बिर: रजेन्द्र केसी

 

 

हजार सपनाको एउटै मञ्च ‘नेपाल आइडल’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.