संसार हल्लाउने १० चलचित्रका विशेषता...

संसार हल्लाउने १० चलचित्रका विशेषता...

 

फिल्म इतिहासकार मार्क कजिन्सले २०११ मा लेखेको लेखमा संसार फेर्ने १० फिल्मका विशेषता उल्लेख गरेका छन् ।

१) द बर्थ अफ अ नेसन,

१९१५डीडब्लू ग्रिफिथको निर्देशन तथा निर्माणमा सन् १९१५ फेब्रुअरी ८ मा रिलिज भएको यो फिल्म दुई परिवारबारेको आवाजविहीन फिल्म हो । यसमा अमेरिकी गृहयुद्धको समयको कथा छ जसमा दक्षिणको क्यामेरुन र उत्तरका स्टोनम्यान परिवारको कथा छ । उत्तरले जित्दा दक्षिणको छोरा 'कु क्लुक्स क्लान'को नेता बन्छ । फिल्ममा देखाइएको जातिवाद त चर्चित छ नै तर निकै कमले यो फिल्मले वास्तवमै कसरी इतिहास मोडिदियो भन्ने जान्दैनन् ।

निर्देशक डीडब्लू ग्रिफिथले वाग्नर संगीत प्रयोग गरेका छन् भने १८६९ तिरै लोप भइसकेको सम्पादन कला पुन: प्रयोग गरिएको थियो । यो फिल्मले तत्कालीन फिल्मजगत्मा फिल्मलाई माध्यमका रूपमा प्रयोग गरेकैले नयाँ मोड दिएको थियो । फिल्म इतिहासकार केभिन ब्रोउनलोका अनुसार यो फिल्म आफ्नो समयमा 'विस्मयकारी' थियो ।

२) मेल एन्ड फिमेल, १९१९

सेसिल बी. डेमिलेको निर्देशन र ग्लोरिया स्वान्सन तथा थोमस मेइघनको मुख्य भूमिकामा बनेको यो अर्को आवाजविहीन अमेरिकी फिल्म जे एम ब्यारीको नाटक 'द एडमिरेबल क्रिच्टन'मा आधारित छ । लैंगिक सम्बन्ध र सामाजिक वर्गबारे बनाइएको यो फिल्ममा स्वान्सनको अभिनयमा उनको समयको प्रतिविम्ब पाइन्छ । सन् १९१० र १९२० को समयमा अमेरिकी समाजमै पनि मानिसहरू निकै साँघुरो घेरामा बस्थे । यो फिल्म हेर्नकै लागि मानिसहरूले घर र समाजको साँघुरो वृत्त नाघेका थिए ।

३) त ट्रिउम्फ अफ द विल, १९३५

सन् १९३५ मा लेनि राइफेन्स्टालको निर्देशन र निर्माणमा बनेको यो फिल्म हिटलरको नाजीवादको प्रपोगन्डा फिल्म हो । यो फिल्ममा नाजी नेताहरू हिटलर, रुडोल्फ हेस र जुलियस स्ट्रेइचर लगायतका भाषणहरूको अंश समावेश गरिएको छ । यो फिल्म नाजीवाद प्रचार गर्ने एक महत्र्वपूर्ण सामग्री पनि हो । कसरी शासकहरूको स्वार्थको निम्ति फिल्म पनि उपयोगी साधन बन्छ भन्ने जान्नका लागि पनि यो फिल्म महत्र्वपूर्ण छ ।

इतिहासकार रोजर इबर्टका अनुसार नाजी शासकहरूबारेको धारणा बनाउन यो फिल्मले उल्लेखनीय भूमिका खेलेको छ । चार्ली च्याप्लिनको व्यंग्य फिल्म 'द ग्रेट डिटेक्टर' यहीलाई फिल्मको जवाफमा बनाइएको हो ।

४) जअ्ज, १९७६

स्टेभन स्पेइलबर्गको निर्देशनमा सन् १९७६ मा आएको अमेरिकी थ्रिलर फिल्म 'जअ्ज'मा नरभक्षी श्वेत सार्कको सिकारको कथा छ । यसले पहिलोपटक दर्शकको आकांक्षा सम्बोधन गरेको बताइन्छ ।

५) मिनिमाटा : द भिक्टिम्स एन्ड दियर वल्र्ड, १९७१

नोरिआकी त्सुचिमोटोले बनाएको यो जापानी डकुमेन्ट्री जापानको मिनामाटामा भएको पारोको विषप्रवाहसँग सम्बन्धित छ । समुद्रमा आधारित यो डकुमेन्ट्री त्यस्ता डकुमेन्ट्रीहरूको सुरुआत थियो।

६) रिपेन्ट्यान्स, १९८४

तेन्गिज अबुलाद्जेले निर्देशन गरेको यो जर्जियन फिल्म १९८४ मा बनाइएको थियो । तर, स्टालिनको आलोचना गरिएकाले तत्कालीन सोभियत संघमा प्रतिबन्ध लगाइयो । १९८७ को क्यान्स फिल्म फेस्टिभलमा यसको प्रिमियर सो भएको थियो । यो फिल्म अधिनायकहरूबारे छ जहाँ स्टालिन र हिटलरको आधाआधा चरित्र मिसाएर नयाँ अधिनायकको निर्माण गरिएको छ । जर्जियाका तत्कालीन राष्ट्रपति एडर्भद सेभार्‍दन्जेले यो फिल्म तत्कालीन सोभियत संघका शासक मिखाइल गोर्वाचोभलाई देखाएका थिए । फिल्म हेरेपछि यो फिल्मलाई सोभियत संघबाहिर प्रदर्शन गर्न उनी तयार भए । सन् १९८० पछि रुसी राजनीतिमा 'पेरेस्त्रोइका'को नाममा भएको राजनीतिक परिवर्तनको निम्ति यो फिल्मले निकै भूमिका खेलेको थियो ।

७) हेसांग, १९८८

सन् १९८८ मा बनाइएको यो चिनियाँ डकुमेन्ट्री फिल्म 'पहेँलो नदी'मा केन्द्रित छ । नदीसँग जोडेर सामाजिक-राजनीतिक बहसलाई उठाइएको यो फिल्ममा तत्कालीन चिनियाँ राजनीतिमा भएको अन्तद्र्वन्द्व पनि देखाइएको छ । तियनमान स्क्यावरमा भएको विद्यार्थी विद्रोह पनि देखाइएको छ । यो फिल्मले बौद्धिक समुदायमा निकै बहस सिर्जना गरेको थियो । याङ झेनिङ, ली झेङ्दो लगायतका नोबेल पुरस्कार विजेता बुद्धिजीवीहरूले आफ्नै संस्कृतिको विरोध गर्नेहरूको भविष्य पनि नहुने भन्दै यो फिल्मको विरोध गरेका थिए ।

८) अ सर्ट फिल्म अबाउट किलिङ, १९८८

क्रिज्योस्तोफ क्सिलोवस्कीको निर्देशनमा बनेको यो पोलिस फिल्ममा अलमलिएको युवा ज्यासेकबारेको कथा छ । उसले ट्याक्सी भाडामा लिन्छ र ड्राइभरलाई मार्छ । उसलाई अदालतमा उभ्याइएपछि थाहा हुन्छ, ऊ आफ्नी बहिनीको पनि हत्यारा हुन्छ । यो फिल्ममा ज्यासेकको पछुतो र उसको मृत्युदण्डलाई निकै यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ ।

९) मेक्लिबेल, २००५

फ्रान्नी अम्र्सटंग र केन लोचले निर्देशन गरेको यो डकुमेन्ट्री फिल्ममा अधिकारकर्मीहरू बगैंचे हेलेन स्टिल र हुलाकी डेभ मरिसले उनीहरूमाथि लगाइएको म्याकडोनल्डको मानहानि गरेको आरोपको प्रतिवाद देखाइएको छ ।

१०) टच अफ इभिल, १९५८

यो मेरो नितान्त व्यक्तिगत रुचि हो । किशोरावस्थामा मैले यो फिल्म हेरेको थिएँ । यो फिल्मको सम्झनाले मलाई उडाइलैजान्छ । यो फिल्म ओर्सन वेल्सले बनाएको हुन् जसमा मेक्सिकोमा भएको कार बमको घटना उतारिएको छ ।

(एजेन्सीको सहयोगमा)

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.