डायनाको अन्तिम शब्द

डायनाको अन्तिम शब्द

बीस वर्षभन्दा पहिला कार दुर्घटनामा ज्यान गुमाएकी ‘प्रिन्सेस अफ वेल्स' डायनाले अन्तिम शब्द के बोलेकी थिइन् भनेर कौतूहलपूर्वक खोजिएको छ । डायनाले ‘माई गड, ह्वाट ह्यापेन्ड' भनेको उनलाई उद्धार गर्न गएका फायर फाइटर जेभियर गौरमेलोनले बताएका छन् ।

 

उनी डायनाको कार दुर्घटना हुनेबित्तिकै बचाउन पुगेका थिए । विश्वमै चर्चित डायना सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा परेपछि तत्काल जीवितै भएको जेभियरले दाबी गरेका छन् । जब उनी दुर्घटना भएको स्थानमा पुगे, त्यहाँ एउटा सुन्दर महिला कारभित्र देखे, उनको कपाल एकदमै स्टाइलिस्ट र राम्रो सुहाएको थियो । उनको अनुहारमा एक थोपा पनि रगत थिएन ।

उनको दाहिने काँधमा केही चोट देखिएको थियो । तर, शरीरको कुनै पनि भागमा केही चोट देखिएको थिएन । ‘मैले सोचेँ, उनलाई खासै केही भएको छैन । उनलाई एम्बुलेन्समा लिएर गएँ, उनी ठीकठाक होलिन् भनेर बोलाएँ । उनले माई गड, ह्वाट ह्यापेन्ड भनेकी थिइन्', जेभियरले भनेका छन् । उनले ती घाइते राजकुमारी डायना हुन् भन्ने थाहा नपाएको बताएका छन् । तर, दुर्घटनाकै कारण अस्पताल पुगेपछि उनको मृत्यु भएको थियो । –एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.