चलचित्र ‘तुवाँलो’ चाँडै दर्शकमाझ आउदै

चलचित्र ‘तुवाँलो’ चाँडै दर्शकमाझ आउदै

काठमाडौं : नेपाली चलचित्र उद्योग चलचित्र बन्ने क्रम बढ्दै गएको छ। धेरै चलचित्र दर्शकको मनमनमा बस्न नसके पनि चलचित्र निर्माणको क्रम भने निरन्तर बढेको देखिन्छ। नेपाली कथानक चलचित्र तुवाँलोको सम्पादको कार्य सकिएको छ। निर्माण पक्षले अहिले चलचित्रको डबिङ चलिरहेको बताएको छ।

तुवाँलोमा सुशील क्षेत्री, सुरेन्द्र बराल, रश्मी भट्ट, रमेश आब्जु, पूजा पराजुलीलगायत कलाकारको अभिनय रहेको छ। भिमसेन श्रेष्ठ, गिरिप्रसाद सुनार, सुवास परियार, सुवर्ण परियार र रमेश आब्जुको संयुक्त लगानीमा तयार भएको चलचित्रको कथा रमेश आब्जुको हो भने पटकथाको संवाद सुदन गौतमले तयार पारेका हुन्।

चलचित्रको छायांकन र निर्देशनको जिम्मेवारी दीपक परियारले पूरा गरेका छन्। चलचित्रको द्वन्द्व निर्देशन गणेश हितान र गोपाल परियारले गरेका हुन् भने संगीत नरेश पाण्डे र शिखा नेपालले दिएका छन्। चलचित्रको शृङ्गारमा कमल ज्ञवाली र निशा परियार खटेका छन्। चलचित्रको डबिङ प्रक्रिया चलिरहेकाले चाँडै नै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण पक्षले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.