पिपुल्स च्वाइस अवार्डको चर्चा

पिपुल्स च्वाइस अवार्डको चर्चा

पल्सर स्पोर्ट्स अवार्ड-२०७४ भदौ २६ गते राजधानीमा आयोजना हुँदैछ। पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा पुरस्कार प्रदान गरिने भएको छ।

 

पिपुल्स च्वाइस अवार्डका लागि यसअघि नै खेलाडीको मनोनयन गरिसकिएको छ। उक्त अवार्डका लागि पौडीकी गौरिका सिंह, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथलेटिक्सकी कान्छीमायाँ कोजू, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपूल्ह्यामु खत्री मनोनयनमा परेका छन्।

पिपुल्स च्वाइस अवार्डको विजेताको टुंगो एसएमएस भोटिङका आधारमा लगाइनेछ। गौरिका नेपाली पौडीकी उदीयमान खेलाडी हुन्। उनी ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुदमा सहभागीमध्ये सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी थिइन्। त्यतिबेला गौरिका विश्व खेलकुदमै चर्चाको विषय पनि बनेकी थिइन्। घरेलु पौडीमा गौरिकाले विभिन्न स्पर्धामा ३३ पटक कीर्तिमान तोडिसकेकी छन्।

यसैगरी दीपेन्द्र पनि नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन्। अलराउन्डर दीपेन्द्रले सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू—१९ विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले २०७३ सालमा राष्ट्रिय टोलीबाट दुई सय ११ सहित कुल तीन सय ५७ रन बनाएका थिए। कान्छीमायाँले भने सातौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण र एक रजत पदक जितेकी थिइन्। उनी लामो दूरीकी प्रभावशाली धाविका हुन्। उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित काठमाडौं म्याराथनको उपाधि पनि जितेकी थिइन्।

यसैगरी फुपू ल्ह्यामु पनि नेपाली खेलक्षेत्रको चर्चित नाम हो। उनले रियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले १७औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्। सातौं राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक जितेकी थिइन्। यसैगरी सुजल पनि नेपाली फुटबलका सफल मिडफिल्डरमा गनिन्छन्। नेपालले एएफसी सोलिडारिटी कप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। यसदेखि बाहेक घरेलु फुटबलमा पनि उनले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.