समाचार संकलनका क्रममा पत्रकारको हत्या
नयाँ दिल्ली : भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ। उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । स्थानीय दिनरात केवल च्यानलमा कार्यरत पत्रकार सानतानु भौमिकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको थियो ।
सानतानु भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार सङ्कलन गरेका थिए।
सोही क्रममा उनको कुटेर हत्या गरिएको थियो । समाचार सङ्कलन गर्न गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए ।
यस इालाकामा जारी द्वन्द्वकोक्रममा एक दर्जन भन्दा बढी प्रहरी अधिकारी पनि घाइते भएका प्रहरी निरीक्षक अभिजित सप्तारसीले बताए ।
द्वन्द्व जारी रहेको इलाकामा ती पत्रकारको शव भेटिएको अभिजितले त्रिपुराबाट एएफपी समाचार समितिलाई बताए ।
हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ ।
रासस/एएफपी