नेपाल आइडलको 'ग्रान्ड फिनाले' कतारमा ( लाइभ )

नेपाल आइडलको 'ग्रान्ड फिनाले' कतारमा ( लाइभ )

 काठमाडौं: एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय 'नेपाल आइडल'को ग्रान्ड फिनाले कतारको दोहामा सुरु भएको छ।

नेपाली समय अनुसार साँझ ८: ४५ बजे दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलबाट प्रत्‍यक्ष प्रसारण हुने भनिए पनि प्राविधिक कारणवश ढिलो सुरु भएको हो।

आइडलको उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास भिड्दैछन्। आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ।यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति रहने छ।

यसअघि नेपाल आइडलको कतारमा हुने 'ग्राण्ड फिनाले'मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष रामेश्‍वर थापाले माला र खादा लगाएर बिदाई गरेका थिए।

नेपाल आइडलको टिम कतार प्रस्थान 

उनले कतार पुगेर स्वाभिमानी नेपालीको रुपमा प्रस्तुत हुन, देशको स्वाभिमान र प्रतिष्ठा राखेर फर्कन अन्तिम तीन प्रतिस्पर्धीलाई शुभकामना र अन्य सबैलाई बधाई दिएका थिए।

  पूर्वमा निशान भट्टराईको स्वागतमा जनसागर उर्लियो, सहरै पिच्छै कन्सर्ट (भिडियो)

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

गृहनगर उर्लाबारीमा निशान भट्टराईको सेल्फी

बनेपा महोत्सवमा प्रताप दासले हजारौं दर्शक नचाए

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.