डुङ्गा दुर्घटनामा २३ रोहिङ्गा मुसलमानको मृत्यु ४० वेपत्ता
जेनेभा : एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ ।
रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ ।
आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३ व्यक्तिको शव भेटिएको अन्य बेपत्ता रहेका बताएका छन्। मिलम्यानका अनुसार यस घटनामा परी अझै पनि ४० व्यक्ति बेपत्ता रहेका छन् ।
गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा शुरु भएको द्वन्द्वका कारण पाँच लाखभन्दा बढी रोहिङ्गा मुसमान बङ्गलादेश पुगेका छन् ।
यसअघि दुई देशको सीमामा पर्ने नाफ नदी पार गर्ने क्रममा सयौँ रोहिङ्गा मुसलमानको मृत्यु भइसकेको छ ।
रासस/एपी