५९ जनाको ज्यान लिने पेडककी केटीसाथीलाई अमेरिका झिकाइयो

५९ जनाको ज्यान लिने पेडककी केटीसाथीलाई अमेरिका झिकाइयो

लस भेगस : अमेरिकी सहर लस भेगसमा आइतबार राति भीषण आक्रमण गरी ५९ जनाको ज्यान लिने स्टेफन पेडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ। अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयासका क्रममा उनलाई पनि अमेरिका झिकाइएको हो। प्रहरीले उनीसँग आवश्यक सोधपुछ गर्ने जानकारी दिएको छ।

 

प्रहरीले भनेको छ, ‘के कति कारणले उक्त आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ। त्यसै क्रममा उनकी केटीसाथी मार्ला डेन्लीसँग पनि सोधपुछ गरिनेछ।’ मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन्। उनी अस्ट्रेलियाली नागरिक हुन्। उनी करिब २० वर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अस्ट्रेलिया सरकारले मंगलबार जानकारी दिएको थियो। आक्रमणमा प्रारम्भिक रूपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन पेडकको प्रत्यक्ष संलग्नताको पुष्टि भएको छ। उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगीतिक प्रस्तुति) का बेला जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए। उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते छन्। उनले आफू बसेको होटलको ३२ औँ तलाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए।

प्रहरीले भनेको छ, ‘६२ वर्षीया मार्लाेलाई हिरासतमा लिइनेछैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन् त्यसै स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ।’ प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्नेछ। साथै पेडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ। पेडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ। त्यसै कारण पनि प्रहरीले उनीसँग यसबारेमा कुरा बुझ्न खोजेको हो।

अमेरिकी इतिहासमै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको कथन छ। यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको छ। उक्त गोलीकाण्डमा घाइते भएका व्यक्ति अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा प्रहरीले विभिन्न कोणले अनुसन्धान जारी राखेको छ। घाइतेको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उक्त आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको छ।

अत्याधुुनिक हतियारले उक्त हमला गरिएको र घाइतेहरूमा शरीरभरि गोलीका दाग र घाउहरू रहेका छन्। त्यस घटनामा कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले जिम्मेवारी लिएको भए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी दाबी छ। प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन। आइएसले भने संगठनको निर्देशनमा नै उक्त हमला भएको जनाएको छ। यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सञ्चारमाध्यमहरूमा उनीहरूले पठाएका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.