तराई-मधेसमा छठको रौनक सुरु (फोटोफिचर)

तराई-मधेसमा छठको रौनक सुरु (फोटोफिचर)

वीरगञ्‍ज: तिहार अर्थात दिपावली सकिएसँगै तराई मधेसमा छठपर्वको लागि तयारी र चहलपहल सुरु भएको छ।कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठपर्व सप्तमी तिथीका दिनको बिहान सम्म गरि चार दिन मनाइन्छ। तराई-मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दूको मुख्य पर्व नै छठ पूजा हो।यसपटक छठ पूजा कात्तिक नौ गते परेको छ। तर विधवित रुपमा भने मंगलवारदेखि नै छठ पर्वको रौनताकता तराईमा सुरु भइसकेको छ। सुरु हुनेछ।

दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन कपडालत्ता इत्यादिको किनमेल सुरु भइसकेको छ। यस्तै नदी, तलाउ, पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आरधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम तीव्रगतिमा भइरहेको छ।

दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री , वस्त्र, फलफूल, तेल, मसला जस्ता खाद्यान्नहरुको पसलमा अहिले देखि नै ग्राहकहरुको भी देखिएको छ।

छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो।जुन गहुको शुद्ध पिठोमा गुण (भेली) र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ।

यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला, पानी सहितको नरिवाल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मुला , अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन्।

यी फलफुल र तरकारीको पसल वीरगन्ज बजारको फुटपाथ र सडक छेउमै थापिएका छन्। ती पसलहरुमा बिहानै देखि ग्राहकहरुको भिड लाग्न थालिसकेको छ।'छठ आउनु भन्दा एक दुइ दिन पहिल्यै सामान किनेर राख्यो भने केही सस्तो पनि पर्छ'

वीरगन्जको घण्टाघर स्ति पानगल्लीमा अवस्थित किराना पसलमा छठका लागि चिनी किन्दै गरेको अवस्थामा भेटिएकी जागो देवी सर्राफले भनिन्, 'अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुदैन , पूजाकै अरु काममा समय दिन पाइन्छ।

छठपर्व मनाउने घरपरिवारका सबै सदस्यले नयाँ लुगा कपडा लगाउने प्रचलन रहेकाले बजारको रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टलहरुमा पनि ग्राहकहरुको चाप अत्याधिक बढेको छ।

वीरगन्जमा दशैंको भन्दा छठमा कारोबारमा राम्रो हुन्छ, वीरगन्जको लिंकरोडमा रहेको डीपी फेन्सीका सन्चालक अनिष तिवारीले भने,'दशैंमा व्यपार खासै भएन तर दिवाली सकिएलगत्तै भने व्यपार ह्वात्तै बढेको छ , बिहान देखि बेलुका सम्म एक छिन पनि फुर्सद पाइएको छैन।

छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पुजआरधना ) दिने स्थल छठीघाट (नदी , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ।

पछिल्लो समय छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ । छठ पूजा मनाइउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदी , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी , पिपरा , रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशयहरुलाइ छठीघाटको रुपमा सजाउने काम भइरहेको छ।

आकर्षक टेण्ट ,पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजवाटका लागि मात्रै स्थानीय स्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरुले लाखौ रुपैया खर्च गर्दै आएका छन्।

आकर्षक सजवाटका लागि एक दशक देखि मुलुकमै छठ पूजाका लागि ख्यात कमाउन सफल रहेको वीरगन्जको घडीअर्वा पोखरी स्थित छठघाट सजवाटमा मात्रै छठपूजा व्यवस्थापन समितिले यसपाली १२ लाख रुपैया खर्च गरेको छ।

पोखरी परिसरको छठघाटलाइ भारतको कोलकत्ताबाट बोलाइएका टेण्ट पण्डाल लगाउने कामदारहरुले एक महिना देखि सजावटको काम गरिरहेका छन्। यस्तै पोखरीको जलाशय बिचमा रहेको सुर्य भगवानको मन्दिर र जलाशयको भाग माथि रङगी बिरङगी बिजलीबत्ती झुण्डाइएको छ।

दशैंको टिका सकिए लगत्तै छठघाटको सरसफाइ र सजावटको काम सुरु गरेका हौं , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष बाल्मिकी साह कानुले भने,' अबको एक दुइ दिनमा सजावटको काम सकिन्छ , यसपाली सरसफाइ सजवाटमा मात्रै १२ लाख रुपैया खर्च लाग्ने अनुमान गरेका छौं।

घडीअर्वा पोखरी छठघाटामा छठ पूजाका दिन ब्रतालु दर्शनार्थी गरि करिब दुइ लाख मानिस आउजाउ हुने अनुमान आफुहरुको रहेको अध्यक्ष कानुले बताए। छठका दिन यहाको छठघाटको आकर्षक सजावट हेर्न पर्साको शहरी भेगका मात्र नभइ ग्रामीण भेगका साथै छिमेकी जिल्ल बारा, रौतहट , मकवानपुर , चितवन तथा भारतको सीमावर्ती शहरहरुबाट पनि दर्शनार्थीहरु आउने गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.