टिकटका लागि राजपा नेताको अनशन

टिकटका लागि राजपा नेताको अनशन

राजविराज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव राजविराजमा आमरण अनशन बसेका छन्। राजपा सप्तरी क्षेत्र नम्बर २ का सभापति यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेपछि आमरण अनशन सुरु गरेको बताए। यादवले जनआन्दोलन र मधेस आन्दोलनका अगुवाइहरूलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको गुनासो गरे।

२०४८ सालदेखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका आकांक्षी थिए। तर, नेतृत्वले प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिँदै शम्भु यादवलाई टिकट दिएको थियो। यसपटक पनि टिकटबाट वञ्चित गराउने चलखेल सुरु भएकाले बाध्य भई सातबुँदे माग अघि सार्दै अनशन थालेको उनको भनाइ छ। उनलाई अनशनमा कार्यकर्ता बद्रीनारायण यादवले साथ दिएका छन्।

गजेन्द्र चोक परिसरमा बसेको अनशनमार्फत उनले जनआन्दोलन र मधेस आन्दोलनमा अगुवाइ गरेकाहरूलाई टिकट दिनुपर्ने मुख्य माग अघि सारेका छन्। पार्टीभित्र आकांक्षी धेरै भएपछि सप्तरीमा राजपालाई उम्मेदवार छनोट गर्न सकस परेको छ।

क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका उपाध्यक्षद्वय शेखरप्रसाद सिंह र जयप्रकाश ठाकुर अनि प्रदेशसभामा राजपाका महासचिव मनीष सुमन र फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह इच्छुक भएपछि लक्ष्मणको टिकट धरापमा परेको छ। राजपाका जिल्ला संयोजक सुनीलकुमार झाले पार्टीभित्र आकांक्षी धेरै रहेकाले उम्मेदवार छान्न कठिन भएको बताए। आफूले सबैको सल्लाहमा पुराना र निष्ठावान् कार्यकर्तालाई नै उम्मेदवार सिफारिसमा प्राथमिकता दिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.