दक्षिण कोरियामा बहुसांस्कृतिक बिवाहमा कमी
सोल: दक्षिण कोरियाली नागरिक र विदेशीबीच हुने गरेको बैवाहिक सम्बन्ध (बहुसांस्कृतिक विवाह) मा कमी आएको दक्षिण कोरियाले जनाएको छ।
यसरी हुने गरेको विवाहमा सन् २०१६ को तुलनामा सन् २०१७ मा ३.४ प्रतिशतले कमि आएको छ। दक्षिण कोरियाली सरकारले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ।
सन् २०१७ मा यसरी गरिने विवाहको संख्या २१ हजार ७०९ रहेको थियो जुन सङ्ख्या सन् २०१६ मा २२ हजार ४६२ रहेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ।
गत बर्ष भएको सवै विवाहमा ७.७ प्रतिशत सांस्कृतिक बिवाह भएको थियो। यस बर्षको सुरुदेखि हालसम्म यस बिवाहमा ०.३ प्रतिशतले बृद्धि भएको सो विभागले जनाएको छ।