इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

नयाँदिल्ली: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भारत भ्रमणमा आउने भ्रमण तालिका तयार भएको छ। उनी अर्को वर्षको जनवरीमा तीन दिनका लागि औपचारिक भ्रमणमा आउने तयारी भएको समाचार श्रोतले शनिबार जनाएको छ।

 

सन् २००३ पछि भारत भ्रमण गर्ने नेतान्याहु दोस्रो इजरायली प्रधानमन्त्री हुने भएको छ। भारत र इजरायल बीचको कुटनीतिक सम्वन्ध स्थापना सन् १९९२ मा भएको थियो।

भारतमा उनको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमेदवादबाट सुरु हुने भएको छ। इजरायली प्रधानमन्त्री नेतान्याहुलाई भारतीय प्रधानमन्त्री मोदीले नै आफ्नो गृहनगरमा जनवरी १४ तारिखका दिन भ्रमण गराउने भएको छ ।

'व्यापार, कृषि र नविनोत्पादन दुई देशका प्रधानमन्त्रीको छलफलका मुख्य एजेण्डा हुने छन्,' श्रोतले भन्यो।
गुजरातपछि इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको राजधानी नयाँदिल्ली आउनुहुने तालिका रहेको छ।

नयाँदिल्लीमा उनले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटबार्ता गर्नुहुनेभएको श्रोतले जनाएको छ। 'नेतान्याहुले विश्वका सात आश्चर्य मध्य एक मानिने ताज महलको पनि अवलोकन भ्रमण गर्ने संभावना रहेको छ,' श्रोतले भन्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.