किन खोसियो आङसाङ सुकीको पदक?

किन खोसियो आङसाङ सुकीको पदक?

काठमाडौं : अल्पसंख्यक रोहिंग्या समुदायमाथि भएका हिंसाका घटनाहरूमा मौन बसेपछि आलोचित भएकी नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले पाएको एउटा पदक खोसिएको छ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेबापत् सन् १९९७ मा उनलाई 'फ्रिडम अफ द सिटी' पदक प्रदान गरिएको थियो। यो पदक वितरण गर्ने अक्सफोर्ड सिटी काउन्सिलले भनेको छ, हिंसाप्रति आँखा चिम्लनेलाई ऊ सम्मान गर्न चाहँदैन। सुकी हाल म्यानमारका विदेशमन्त्री एवम् स्टेट काउन्सेलर छन्। 

म्यानमारमा गएको अगस्ट २५ देखि सुरु भएका हिंसात्मक घटनामा रोहिंग्या समुदायका मानिसहरू मारिँदा पनि उनी चुप बसेपछि एम्नेस्टी इन्टरनेसनलसहितका अन्तर्राष्ट्रिय संस्थाहरूले उनको आलोचना गरेका थिए। सेनाले एउटा जातीय समुदायलाई कत्लेआम गरेको भन्ने अन्तर्राष्ट्रिय संस्थाहरूको आरोप सुकीले अस्वीकार गर्दै आएकी छन्।

मुलुकको विदेशमन्त्री मात्र नभएर विश्वमै सुपरिचित प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्ति देशको शासन सत्तामा रहेका बेला आफ्नै देशबाट यसरी नागरिक लखेटिएर शरणार्थीका रुपमा विदेशमा बस्नुपर्ने अवस्था आएको भन्दै उनको आलोचना भएको हो। 

हिंसात्मक घटनाहरूमा ज्यान जोगाउन पाँच लाखभन्दा बढी अल्पसंख्यक रोहिंग्या मुसलमानहरू म्यानमारबाट भागेर बंगलादेशसहित दक्षिण एसियाका विभिन्न मुलुक पुगेका छन्। हिंसामा सयौँले ज्यान गुमाएका छन् भने कयौँ अंगभंग भएका छन्।

सुकीको पदक खोस्ने प्रस्ताव काउन्सिलमा लैजाने म्यारी क्लेर्कसनले भनेकी छन्- 'अक्सफोर्डसँग विविधता र मानवताको सहर भएको परम्परा छ। हिंसाप्रति आँखा चिम्लनेहरूलाई सम्मान गर्दा हाम्रो इज्जतमा दाग लागेको छ।'

सुकीले अध्ययन गरेको अक्सफोर्डको सेन्ट ह्युग कलेजले पनि उनको तस्बिर हटाएको बीबीसीले उल्लेख गरेको छ। सेन्ट ह्युगले सन् २०१२ मा उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। यही कलेजमा उनले सन् १९६४ देखि १९६७ सम्म राजनीति, दर्शनशास्त्र र अर्थशास्त्र पढेकी थिइन्।

कतिपय देशका नगारिकले त उनले प्राप्त गरेको नोवेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहित नोवेल कमिटीलाई हस्ताक्षर गरेर पनि बुझाएका थिए। 

सुकी पोप फ्रान्सिस भेट

यसैबीच सोमबार म्यानमार पुगेका पोप फ्रान्सिस्ले मङ्गलबार सुकीसँग भेटवार्ता गर्दैछन्।  रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको आलोचना भइरहेको समयमा सुरु भएको यो पोपको भ्रमणलाई महत्वका साथ हेरिएको एएफपीले जनाएको छ। 

म्यानमारको विदेशमन्त्री मात्र नभएर राष्ट्रपतिपछिकै एक शक्तिशाली र सम्मानित पदका रुपमा राज्य सल्लाहकार भनेर सिर्जना गरिएको भएपनि उनको भूमिका म्यानमारमा निरीह देखिन्छ। 

म्यानमार बौद्ध धर्मको बाहुल्यता भएको देश हो। यहाँका अल्पसंख्यक मुस्लिमहरुमाथि समय समयमा ज्यादति हुने गरेको छ। म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यानमारका रोहिंग्या मुस्लिम समुदायका करिब साढे छ लाख नागरिक भागेर बङ्गलादेश पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.