माल्दिभ्स किन भारतसँग टाढिंदै चीनसँग नजिकिदैंछ ?

माल्दिभ्स किन भारतसँग टाढिंदै चीनसँग नजिकिदैंछ ?

 

चीनसँग मुक्त व्यापार सम्झौतामाथि कुनै बहस नै नभइ माल्दिभ्सको संसदबाट गत बुधबार पारित भयो । माल्दिभ्सका आर्थिक विकास मन्त्री मोहम्मद सइदले सम्झौताबाट विश्वको सबैभन्दा ठूलो बजारमा त्यहाँका मत्स्य उत्पादनले कररहित निर्यात गर्न सहज हुने दाबी गरे । दक्षिण एसियाली राजनीतिमा आएको यो परिवर्तनले माल्दिभ्स र भारतबीचको सम्बन्ध टाढिने अनुमान गरिएको छ ।

माल्दिभ्स किन चीनसँग लहसिँदै छ?

भारत एक दशकयता भाल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट जोगिएर बसेको छ । यसको प्रत्यक्ष फाइदा भने चीनलाई पुगिरहेको देखिएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ भारत भ्रमणमा आउँदा माल्दिभ्स र श्रीलंका हुँदै आएका थिए । राष्ट्रपति सिको भ्रमणमा माल्दिभ्स र श्रीलंका दुवै देशले सामुद्रिक रेशम मार्गसँग जोडिएको समझदारीपत्र (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ)मा हस्ताक्षर गरेका थिए । तर त्यसपछि सि भारत आउँदा भने यो मामिला (सामुद्रिक रेशम मार्ग)मा सबै चुपचाप भए ।

चिनियाँ राष्ट्रपति सिले सन् २०१३ सेप्टेम्बर र अक्टोबरमा सामुद्रिक रेसम मार्ग र ओबीओआर (वन बेल्ट वन रोड)सम्बन्धमा कुरा उठाएका थिए । यसपछि भारतसँग चीनले यसबारे कुनै छलफल गरेन । भनिन्छ सन् २०१४ फेब्रुअरीमा भारतीय र चिनियाँ विशेष प्रतिनिधिहरूबीच यसबारे एउटा बैठक भएको थियो, जसमा यसबारे अनौपचारिक कुराकानी भएको थियो ।

चीनलगायत श्रीलंका र माल्दिभ्स सबैलाई थाहा थियो कि सामुद्रिक रेशम मार्ग र ओबीओआरसम्बन्धमा भारतको दृष्टिकोण सकारात्मक छैन । भारतको रवैया थाहा पाउँदा पाउँदै पनि माल्दिभ्सले सन् २०१४ सेप्टेम्बरमा सामुद्रिक रेशम मार्गलगायत सन्धीमा हस्ताक्षर गरेपछि उसको झुकाव भारतभन्दा चीनतर्फ बढी भएको प्रष्ट देखिन थालेको थियो । भारतले यस मामिलामा केही प्रयास गरे पनि त्यसलाई पर्याप्त प्रयास भन्न सकिँदैन ।

चीन भर्सेस भारत

दक्षिण एसियाली देशहरूबीच भारतको स्थितिको कुरा गर्ने हो भने यो क्षेत्रमा बढ्दो चिनियाँ प्रभावसामु भारत कमजोर हुन थालेजस्तो देखिन्छ । दक्षिण एसियाली देशहरूको नजरमा सहयोग गर्ने मामिलामा वचन दिनेदेखि वास्तविक सहयोग गर्नमा चीन भारतभन्दा निकै छिटो छ ।

हालैमात्र दलाई लामाले पनि भनिसके कि चीनको तुलनामा भारत सुस्छ छ । तर कुनै समय यस्तो पनि थियो, जतिबेला दक्षिण एसियाबारे भारतीय विदेश नीति अत्यन्त आक्रामक थियो ।
यस्तो स्थिति राजीव गान्धीदेखि लिएर नरसिंहा रावको सरकारसम्म रह्यो । भारतले सन् १९८८ मा माल्दिभ्समा ‘कू’ प्रयास असफल पारेको थियो ।

तर यसपछि भने भारतको प्रभाव अत्यन्त घट्दै गयो । यसका स्थानीय कारण पनि छन् । किनभने माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुम भारतका निकट मित्र थिए । भारत–माल्दिभ्सको गहिरो सम्बन्धको यो एउटा प्रमुख कारण थियो ।दक्षिण एसियाली देशमा भारतको प्रभाव घटेको छ । यो क्षेत्रमा चीनको बढ्दो प्रभावका कारण भारतको प्रभाव घटेको देखिएको हो ।

के भारतीय विदेश नीति पराजित भएकै हो ? विदेश नीतिको दृष्टिकोणबाट हेर्दा यो सरकारले सुरुमा सबै दक्षिण एसियाली देशसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेको थियो । तर अहिले भारत अमेरिकासँग सम्बन्ध गहिरो बनाउने प्रयास गरिरहेको छ भने चीन भारतका छिमेकी देशसँग सम्बन्ध सुधार गर्दै सुदृढ पार्दैछ ।

अल्पसंख्यक रोहिंग्या मुस्लिम मामिलामा यो प्रष्ट देख्न सकिन्छ । चीन म्यानमारमा आतंकवादविरोधी रणनीतिको समर्थन गरिरहेको छ । यसका साथै चीन रोहिंग्या शरणार्थीहरूको पुनर्वासको कुरा पनि गरिरहेको छ । यता भारत भने यहाँ आएका रोहिंग्या मुस्लिमलाई देशका लागि खतरा बताइरहेको छ ।

तर यतिमै यसलाई भारतीय विदेश नीतिको हार भनिहाल्न मिल्दैन । किनभने यतिखेर भारत र अमेरिकाबीच निकट सम्बन्ध छ, त्यो पनि यस्तो बेलामा जतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विश्वका कैयौं देशको सम्बन्ध बिग्रिएको छ । हालैमात्र प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वी एसियाको भ्रमण गरेका थिए, जहाँ चिनियाँ राष्ट्रपति गएका थिएनन् । पूर्वी एसियामा भारतको प्रभाव राम्रो छ ।
माल्दिभ्ससँग कसरी सम्बन्ध सुधार्ने ?

माल्दिभ्स सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण देश हो । किनभने चीनका लागि सामरिक दृष्टिकोणबाट माल्दिभ्सको भौगोलिक स्थिति निकै महत्वपूर्ण छ । चीनको सामुद्रिक रेशम मार्ग परियोजनामा माल्दिभ्स एउटा महत्वपूर्ण साझेदार हो । यस्तोमा भारतले माल्दिभ्ससँग सम्बन्ध सुधार्न उसँग यसरी जोडिनु पर्छ कि उसलाई अरु कुनै देशको सहायताको आवश्यकतै नपरोस्, खासगरी त्यस्ता देश जसलाई भारतले शंकालु दृष्टिकोणबाट हेर्छ ।

(भारतका सिंह अन्तर्राष्ट्रिय मामिलाविद हुन् । साभार : बीबीसी)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.