आइएसविरुद्ध युद्ध अन्त्य घोषणा : देशव्यापी खुसियाली

आइएसविरुद्ध युद्ध अन्त्य घोषणा :  देशव्यापी खुसियाली

बगदाद : इराकी प्रधानमन्त्री हैदर अल अबादीले करिब तीन वर्षदेखि जारी राखेको जिहादीविरुद्धको युद्ध अन्त्य भएको घोषणा गरेका छन्। उनले भने, ‘अतिवादी जिहादीहरूले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर हामी हाम्रा नागरिकको सुरक्षा गर्न सफल भएका छौं। जिहादीहरू हाम्रो भूमिबाट मारिएका छन् वा भागेका छन्।' इराकी सेनाले मुस्लिम अतिवादी, इस्लामिक स्टेट (आइएस) का विरुद्ध युद्ध घोषणा गरेको थियो। उसले आइएसलाई इराकी भूमिबाट निस्तेज पारेरै छोड्ने बताएको थियो। इराकी प्रधानमन्त्री हैदर अल अबादीले आइतबार भने, ‘हामीले जे भनेका थियौँ, त्यो गरेका छौँ, इराकी सेनाले अन्ततः आफूले जितेको घोषणा गरेको छ।'

इराकमा यस युद्ध जितेको घोषणासँगै आइतबार सार्वजनिक बिदा पनि दिइएको छ। नागरिकले आफ्नो देशले, सेनाले जितेको अवसरलाई भव्य रूपमा कार्यक्रम गरेर मनाउन भनेर सार्वजनिक बिदा दिइएको पनि इराकी अधिकारीले जनाएका छन्। प्रधानमन्त्री अबादीले आइतबार देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले इराकी सेना वीर र हिरो हुन् भन्दै प्रशंसा गरेका छन्। उनले देशवासीका नाममा गरेको सम्बोधनमा देशले आतंकवादीलाई हराइसकेको, यो युद्ध जितेकोले अबका दिनमा भ्रष्टाचारका विरुद्धमा लड्ने अभ्यास गर्ने प्रण पनि गरेका छन्।

उनले सम्बोधन गर्दै भने, ‘हामीले हाम्रो भूमिबाट आतंकवादीलाई हराइसकेका छौँ, अब भ्रष्टाचारविरुद्धमा लड्ने छौँ।' इराकका विशेषगरी उत्तर र पश्चिमी क्षेत्रका कैयौँ भूभागमा आइएसले कब्जा जमाएको थियो। उनीहरूले सशस्त्र युद्धमार्फत इराकी सेनालाई हटाएर ती क्षेत्रमा कब्जा जमाएका थिए। सन् २०१४ मा यसरी आइएसले कब्जा जमाएको सो क्षेत्रबाट तीन वर्षको संघर्षपछि आफ्नो भूभाग आफैंले लिन इराकी सेना सक्षम भएको हो। यसलाई इराकी सेनाले पनि आफ्नो ठूलो उपलब्धिका रूपमा लिएको छ। यसरी गरिएको कब्जालाई यहाँको सेनाले निकै रक्षात्मक रूपमा कारबाही गर्दै अगाडि बढेको थियो।

आइएस पराजित भएको छैन : मे

बेलायती प्रधानमन्त्री टेरेसा मेले इस्लामिक अतिवादी समूह आइएस अझै पराजित भइनसकेको बताएकी छन्। उनले भनिन्, ‘सिरियाली सीमा क्षेत्रतर्फबाट अझै पनि आइएस इराकका लागि चुनौती हुन सक्छन्, हारिसकेका छैनन्। अझै सतर्क हुनुपर्ने अवस्था छ।' उनले यो अवस्था कायम राख्न इराकलाई दबाब पनि दिइन्। उनले आइएसका लडाकुहरू सिरियाको सिमानामा सक्रिय रहेको र तिनीहरूबाट इराकमाथि खतरा कायमै रहेको उनको भनाइ छ। उनले आइएस सम्बद्ध लडाकु कमजोर भए पनि पूरै पराजित नभएको पनि स्पष्ट पारिन्।

युद्ध अन्त्य भएको घोषणा गरेका इराकी प्रधानमन्त्री हैदर अली अबादीलाई दिएको सन्देशमा मेले यस्तो धारणा राखेकी हुन्। अबादीले आइतबार तीन वर्षदेखि जारी आइएसविरुद्धको युद्ध अन्त्य भएको घोषणा गरेका थिए। उक्त घोषणासँगै बेलायती प्रधानमन्त्री मेले बधाई दिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.