क्षेप्यास्त्र ट्र्याकिङ अभ्यास शुरु

क्षेप्यास्त्र ट्र्याकिङ अभ्यास शुरु

सोल : अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा क्षेप्यास्त्र ट्र्याकिङ अभ्यास गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् ।

यस अभ्यासबाट उत्तर कोरियाले प्रहार गर्ने क्षेप्यास्त्रका बारेमा जानकारी दिने स्पष्ट पारिएको छ । सोमबारबाट शुरु भएको उक्त अभ्यास तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । त्रिपक्षीय रूपमा गरिएको यो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित रहेको दाबी गरिएको छ ।

त्यस अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि कम्प्युटरका माध्यमबाट काम हुने संयन्त्रको पनि विकास गरिएको बताइएको छ । गत वर्षको जुनमा पनि यस्तो अभ्यास गरिएको बताइएको छ । उक्त अभ्यासमा तीनवटै देशका एक एकवटा युद्धपोत समावेश गरिएको छ ।

हालैमात्र पनि उत्तर कोरियाविरुद्ध दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो । पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्र परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्षित गरेको आरोप लगाउँदै आएका छन् ।

उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । दुई साता पहिले गरिएको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रको सफल परीक्षणपछि उत्तर कोरियाले आफूलाई परमाणु शक्ति सम्पन्न देश भएको दाबी गरेको छ । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही समयमात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै आलोचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.