सामसङको जे टु फोर जी नेपाली बजारमा
काठमाडौं : सामसङले नयाँ सामसङ ग्यालेक्सी सिरिज अन्तर्गत जे टु फोर जी मोबाइल नेपाली बजारमा ल्याएको छ । यससँगै सामसङको फोर जी स्मार्ट समुहमा नयाँ मोबाइलको प्रवेश भएको छ । यसमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड समेत गर्न सकिन्छ ।
एच पीपी डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले भने, ‘ग्राहकलाई नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेट प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जे टु को फोर जी संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्तालाई लक्षित गरेर प्रस्तुत गरेका छौं ।’
उत्कृष्ट डिस्प्ले
सामसङ ग्यालेक्सी जेटु फोरजीमा ४.७ इन्चको स्क्रिन रहेको छ । जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेवसाइट चलाउँदा बेग्लै अनुभव प्रदान गर्दछ । सर्वोत्कृष्ट कन्स्ट्राट रेसियो र ठूलो स्क्रिनले गर्दा मोबाइल चलाउँदा जीवन्त अनुवभ प्राप्त हुन्छ ।
परिस्कृत इमेजिङ्ग क्षमता
नयाँ सामसङ ग्यालेक्सीमा भएको क्यामराले विस्तृत एवं उच्च गुणस्तरको फोटो खिच्न सक्छ । यसबाट कम उज्यालोमा पनि सफा र स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दा वा सेल्फि खिच्दा बेग्लै अनुभव प्रदान गर्दछ ।
यो फोनमा भएको क्यामरामा सेल्फी खिच्नको लागि छुट्टै मोड पनि उपलब्ध रहेको छ । यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाइ आफू तर्फ फर्काएर फोटो खिच्न सकिन्छ । यसमा भएको क्यामराले कुनै पनि फोटो डिटेलमा खिच्न सक्छ, जुन व्यावसायिक फोटो ग्राफरले खिचेको जस्तै देखिन्छ ।
उच्चकार्य क्षमता
सामसङ ग्यालेक्सी जे टु फोर जी फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबी र्याम रहेको छ, जसबाट सहजै रुपमा मल्टी टास्किङ्ग कार्यहरु गर्न सकिन्छ ।
आकर्षक डिजाइन
८.४ एमएमको, ग्यालेक्सीफोन आफैमा आकर्षक छ । यसको गोलाकार किनाराले गर्दा सहजै हातमा लिन सकिन्छ । यो फोन, गोल्ड तथा व्ल्याक करलमा उपलब्ध छ ।
मूल्य तथा उपलब्धता
सामसङको नयाँ फोन सबै स्थानमा ११ हजार दुई सय ९० मा प्राप्त गर्न सकिन्छ ।