बेलायतमा भएको विष आक्रमणमा रूस दोषी : अमेरिका

बेलायतमा भएको विष आक्रमणमा रूस दोषी : अमेरिका

वासिङटन : बेलायतमा भएको विष आक्रमणको घटनामा रूस दोषी रहेको अमेरिकाले दाबी गरेको छ। रूसका पूर्वगुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको आरोपलाई अमेरिकाले समर्थन गरेको हो। राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘विष आक्रमणका बारेमा बेलायतले जे ठहर गरेकोे छ, अमेरिकालाई पनि त्यही लागेको छ।’

पूर्वगुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रूस दोषी छ भन्नेमा अमेरिका विश्स्त भएको उसको दाबी छ। अमेरिकाले बेलायतको समर्थन गर्ने बताउँदै रूससँगको कूटनीतिक सम्बन्धमा अमेरिका बेलायतसँगै रहेको अमेरिकाले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा अमेरिकी स्थायी प्रतिनिधि निकी हेलीले पनि रूसमाथि कारबाही गर्नुपर्ने माग गरेकी छन्। सुरक्षा परिषद्को आकस्मिक बैठकमा उनले यस्तो माग गरेकी हुन्। रूसले न्युयोर्क वा राष्ट्रसंघका कुनै पनि सदस्यमाथि रासायनिक आक्रमण गर्न सक्ने भएकाले उसमाथि छिटै कारबाही हुनुपर्नेमा उनले जोड दिइन्।

यसअघि बुधबार बेलायती प्रधानमन्त्री टेरेसा मेले यही विषयलाई लिएर २३ जना रूसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन्। छैसठ्ठी वर्षीय रूसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकाला घोषणा गरिएको हो। वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक साताभित्र देश छोड्ने समय दिइएको छ।

यसै महिनाको शुरुमा भएको घटनाका पीडित बाबुछोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। रूस सरकारले हत्या प्रयासमा आफ्ना कूटनीतिज्ञहरूको संलग्नता अस्वीकार गर्दै आएको छ। द्विपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ। प्रधानमन्त्री मेले रूससँगको कूटनीतिक सम्बन्ध तोड्न नचाहेको स्पष्ट पारेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.