ढिस्कोले पुरिएर तीन वर्षीया बालिकाको मृत्यु

ढिस्कोले पुरिएर तीन वर्षीया बालिकाको मृत्यु

डोटी : नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा बुधबार बिहान उक्त घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।

घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्‍याउने क्रममा उनको मृत्यु भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् । घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्षीया चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ ।उनको अवस्था सामान्य रहेको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.