एसईईमा आमाछोरी

एसईईमा आमाछोरी

मलंगवा : चक्रघट्टा गाउँपालिकाकी ३४ वर्षीया मन्तोरदेवी राम छोरी १५ वर्षीया आरतीकुमारीसँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पुग्दा बिहीबार अरू परीक्षार्थी अचम्मित बने । यी आमाछोरीले सुन्दरपुर सुखचैनास्थित देवधारी उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् ।

चक्रघट्टा सगरदिना निवासी मन्तोरदेवी र आरतीकुमारी राम जनता मावि औरहीबाट नियमिततर्फ परीक्षामा सहभागी भएका हुन् । आमाछोरी परीक्षा केन्द्रमा पुग्दा उनीहरूलाई हेर्न घुइँचो लागेको थियो । मधेसी समुदायमा यस्तो घटना विरलै पाइने औरहीका सुरेश ठाकुरले बताए । सँगै परीक्षा दिने आमाछोरीको जोडीबाट अरूले हौसला पाउने उनको ठम्याइ छ ।

आरतीले १ कक्षादेखि नै उक्त विद्यालयमा पढे पनि मन्तोरदेवीले भने ८ मा भर्ना भएर अध्ययन थालेको विद्यालयले जनाएको छ । मन्तोरदेवी औरही स्वास्थ्य चौकीस्थित बर्थिङ सेन्टरमा सुडेनीको काम गर्छिन् । उनले ८ कक्षामा पनि छोरीसँगै परीक्षा दिएको प्रधानाध्यापक लक्ष्मीकान्त रायले बताए ।

३३६ विद्यार्थी अनुपस्थित

नियमिततर्फ आठ हजार पाँच सय ९२ जनाले फारम भरेकामा ५८ जनाले राजस्व नै नबुझाएको र राजस्व बुझाएकामध्ये पनि बिहीबार आठ हजार तीन सय ४८ जना मात्र सहभागी भएका छन् । जिल्ला शिक्षा कार्यालयको परीक्षा फाँट प्रमुख दीपक काफ्लेका अनुसार एक्जाम्टेडतर्फ पाँच सय ३९ जनाले फारम भरेकामा ८८ विद्यार्थी अनुपस्थित भए । प्राविधिकतर्फ एक सय ६० जनाले फारम भरे पनि चार जना अनुपस्थित भए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.